इलाम । साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र माल्दिभ्सको खेल वर्षा र चट्याङका कारण रोकिएको छ । माल्दिभ्सले खेलको सुरुआतमै फ्रिकिकमार्फत अग्रता लिइसकेको छ ।
प्रतियोगिताको पहिलो गोल गर्ने क्रममा माल्दिभ्सका लागि कप्तान आक्रम घानीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्स र गोलरक्षकलाई झुक्याउँदै गोल भएको थियो । मैदानमा लगातार वर्षासँगै चट्याङ परेपछि २७ औं मिनेटमा खेल रोकिएको हो । म्याच कमिस्नर चाइनिज ताइपेइका चेन लियाङले श्रीलंकाका रेफ्री दिलन परेरालाई खेल रोक्न निर्देशन दिएका हुन् ।
नेपाल अहिलेसम्म सेमिफाइनल चरण पार गर्न सकेको छैन । १-० ले पछाडी परेको नेपाल खेलको नतिजा उल्टाउन अझै समय बाँकी छ । नेपालले खेलको पहिलो हाफमा केहि मौका सिर्जना गरेपनि गोल गर्न भने सकेको छैन । पछिल्लो खेलबाट नेपालले कुनै परिवर्तन गरेको छैन भने माल्दिभ्सले ५ खेलाडी परिवर्तन गरेको छ ।