बदलिदैछ राँकेको चिनारी

अकबरेको कोशेली

  सरलपाटी सम्वाददाता

 1697 पटक हेरिएको

अकबरेको बट्टा देखाउँदै अनिल लामा

इलाम । रातो र रसिलो अकबरे खुर्सानीले भरिएका बट्टा यात्रुको आखाँ तान्नेगरि चिटिक्क परेका बट्टामा लहरै राखिएका छन् । पोका पोकामा सजिएका नौनी ध्यूले जो कोहिको मुख रसाउँछ । त्यसमा रंगी विरङ्गी प्लाष्टिकले बेरिएका लाम्चो ललिपपका पाकेट उस्तैगरि सजाएर राखिएका छन् । चपाउनका लागि ठिक्कको टुक्रा काटेर राखिएका छुर्पी नाङ्लोमा सवैले देख्ने गरि फिजाइएका छन् । ग्राहकले गाडीबाटै मागे थपक्क दिन ठिक्क पारिएको छुर्पीका पाकेट पसलेको हात हातमै हुुन्छ । मेची राजमार्गले दुई चिरा पारेर गएको राके बजारको विषेस्ता यी नै हुन् । खाद्यान्न, कपडा लगायत अन्य सामग्री पाइने पसल राजमार्ग अलि परमात्रै भेटिन्छन् । प्राय बाह्रमास हुस्सले छपक्क पारेर ढाक्ने राके बजारमा परसम्मको दृष्य निकायल्न पाइदैन । हुस्सुले ढाकेपछि राकेमा हिउँद वर्षाै लुगलुग कमाउने जाडो हुन्छ ।
पहिले यात्रुलाई लक्षित गरेर सञ्चालन भएका खाजाघर धेरै थिए राकेमा । पाँचथर र ताप्लेजुङ्ग गुड्ने गाडीका यात्रुलाई खाना नास्ता खुवाउने पसलको बाहुल्य थियो । तर, अहिले राके बजारको परिचय फेरिदैछ । यात्रुलाई भोक टार्ने बजार मात्रै होइन, राँके अहिले कोशेली बजारको रुपमा स्थापीत हुँदैछ । भित्र खाजा पसल चलाएकाहरुले पनि बाहिर खाटैमा भएपनि कोशेलीको रुपमा विक्री हुने अकबरे, ध्यू, छुर्पी ललिपपनै राखेका हुन्छन् ।
यस्तै पसलमा छुर्पी प्याक गर्दै गरेकी मुना निरौला भेटिइन् । अफ सिजनको बेलामा पनि १० हजार हाराहारीको कारोवार हुने उनले सुनाइन्– ‘सिजनमा दिनको ५०–६० हजार रुपैयाँसम्मको सामान बेच्छु, अहिले अफ सिजन हो । यतिबेला पनि १० हजार जतिको त विक्छ ।Õ मुनाले पनि अरुले जस्तौ अकबरे खुर्सानी बट्टमा लगाएर बेच्न ठिक्क पारेकी छिन् । पाकेर रातो भएको अकबरे नुनसंग मिलाएर राखेपछि निकै लामो सयम विग्रदैन । यसरी अकबरे राख्दा त्यसको स्वाद पनि नविग्रीने भएकाले अकबरेका पारखीहरुले पाए फ्रेस नभए बट्टाका अकबरे लिन्छन् ।
राकेबासीका लागि व्यपारका दृष्टिले अहिले अफ सिजन हो । तर, अकबरे फलाउने किसानको लागि भने मुख्य सिजन हो । बोटमा अकबरे फलाएपछि किसानले राके बजारमा लगेर बेच्छन् । इलामको एकतप्पा, आमचोक देखि पाँचथरका पौवा सार्ताप लगायतका गाउँका किसानको लागि राके मुख्य बजार हो । राकेमा अकबरे नविकेर अन्यत्र पु¥याउन पर्दैन ।
राके बजारको लागि असोज देखि अर्को बर्षा शुरु नहुञ्जेल सिजन चल्छ । ताप्लेजुङ्गको पाथिभरा घुम्न जानेको संख्या बाक्लिएपछि राकेमा व्यपारको सिजन हुुने हो । पाथीभराबाट फर्किएका धेरैजसोले राकेबाट अकबरे, ध्यू, छुर्पी, ललिपप लगायतका परिकार कोशेलीको रुपमा लिएर फर्किने गरेका छन् । खुर्सानीको कोशेली भन्दा धेरैलाई आम्म लाग्न सक्छ । नयाँ समान भेटिएपछि कोशेली बेक्ने चलन छ ।
शुरु शुरुमा खुर्सानी पनि कोशेली हुन्छ र ? भन्ने लाग्थ्यो अनिल लामालाई पनि । पशुपतिनगरबाट राकेमा पुगेर अकबरेको पसल राखेपछि उनले पत्याए । ‘राके आइपुगेको छु अकबरे कोशेली ल्याइदिनउÕ भन्दै आफन्त इष्टमित्रलाई फोन गर्ने ग्राहक मिलनले धेरै भेटिसके । अहिले अफ सिजन भएपनि लामा अकबरेलाई कोशेलीको रुपमा बेच्न अरुभन्दा अलि सक्रिय देखिन्छन । अनिल पाँचथरतिरबाट फिर्कएको जुनसुकै यात्रु बेकेको गाडीलाई पसल अघि रोक्न संकेत गर्छन । गाडी रोकिए केही न केही बेच्न उनी निकै सीपालु छन् । एक वर्षअघिसम्म उनी पशुपतिनगरबाट दार्जिलिङ व्यपार गर्थै । कपडाको व्यपार नफाबेपछि उनले राँकेमा अरुलेजस्तै कोशेली ब्यपार शुरु गरेका हुन् । उनी अफ सिजनका दिनमा पनि १५ देखि २० हजार रुपैयाँको कारोबार गर्छन् । सिजनको बेला भने ८० हजार कटाउँछन् । ताप्लेजुङको पाथिभरा, पौवाभञ्ज्याङ, साधुटार लगायतका पर्यटकीय क्षेत्रमा घुम्न आएका सिक्किम दार्जिलिङ देखि काठमाण्डौ पोखरा विराटनगर लगायतका स्थानका पर्यटकले राकेबाट कोशेली नलिइ फर्किदैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार