बालिका करणी गरेको अभियोगमा देउमाईबाट नाै जना पक्राउ !

एघार जना विरूद्ध उजुरी

  सरलपाटी सम्वाददाता

 500 पटक हेरिएको


इलाम । एक वालिकालाई करणी गरेर गर्भवती बनाएको अभियोगमा प्रहरीले इलामको देउमाई नगरपालिकाको एकै वडाका नौ जनालाई पक्राउ गरेको छ । प्रक्राउ गरेका एक जनालाई म्याद थप गरेर अनुसन्धान गरिरहेको छ भने आठ जनालाई शनिबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरिक्षक टंक प्रसाद भट्टराईले वालिका करणीको अभियोगमा नौ जनालाई पक्राउ गरिएको पुष्टि गरे । भट्टराईले पक्राउ गरिएकाहरुको नाम भने खुलाउन नमिल्ने बताए । ‘घटनाको थप अनुसन्धानको लागि आठलाई पक्राउ गरिएको हो–उनले भने–‘आइतबार अदालतमा म्याद थप गराएर अनुसन्धान गर्छौ । १३ वर्षकी बालिकाको पेटमा २४ हप्ताको गर्भ रहेको जनाइएको छ । पीडित वालिकाको हजुरबाले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । हजुरबाले ११ जना विरुद्ध जाहेरी दिएकी छन् । अन्य दुई जनालाई भने पक्राउ गर्न बाँकी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार