गोरखाबाट १० किलो सुनसहित दुईजना पक्राउ

  सरलपाटी सम्वाददाता

 417 पटक हेरिएको

गाेरखा । गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दीबासबाट अबैध १० किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार दिउँसो चार बजे सिर्दीबास प्रहरी चौकीमै नियमित चेकजाँचका क्रममा चुमनुब्री ७ छेकम्पारका नुटुप लामा लोप्चन पेम्बाको साथबाट १० किलो सुन बरामद गरेको हो। ‘हामी नियमित चेकजाँचमै थियौँ’ सिर्दीबास प्रहरी चौकीका सई तलबहादुर सेन ठकुरीले भने, ‘उनीहरूले डराएको संकेत गरे। मैले झोला चेकजाँच गर्दा सुन भेटाएपछि उनीहरूलाई तत्कालै नियन्त्रणमा लिएर राखेको छु।’ उनीहरूलाई थप अनुसन्धानका लागि आइतबार गोरखा सदरमुकाम पठाइने सई ठकुरीले जानकारी दिए। सिर्दीबास गोरखा सदरमुकामबाट चार दिनको पैदलयात्रा पछि पुगिने ठाउँ हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार