भुटानविरुद्ध नेपालको शानदार जित

  सरलपाटी सम्वाददाता

 490 पटक हेरिएको


इलाम । बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत भुटानविरुद्धको खेलमा नेपालले जित दर्ता गरेको छ । खेलमा नेपालले ४–० को फराकिलो जित दर्ता गरेको हो ।बङ्गबन्धु रङ्गशालामा भएको खेलमा नेपालले १५ औँ मिनेटमा पाएको कर्नर किकलाई सदुपयोग गर्दै खाता खोलेको थियो । पहिलो गोल अनन्त तामाङले हेडमार्फत गरेका थिए ।
त्यस्तै, खेलको ७१ औँ मिनेटमा नेपालका सुनिल बलले दोस्रो गोल गरे । नेपालले पाएको पेनाल्टीलाई भुटानका गोलकिपरले रोकेपछि फर्किएको बललाई सदुपयोग गर्दै सुनिलले गोल गरेका हुन् ।
खेलको तेस्रो अग्रता फर्वाड भरत खवासले दिलाएका थिए । खेलको ७८ औँ मिनेटमा खवासले तेस्रो गोल गरेका हुन् । यस्तै खेलको चौथो गोल निराजन खड्काले गरेका थिए । उनले ८८ औँ मिनेटमा गोल गर्दै फराकिलो अन्तरसहित जित सुनिश्चित बनाएका हुन् । सेमिफाइनल पुग्न जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रिएको नेपाली खेलाडीले सानदार जित हासिल गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार