यौनजन्य हिंसा र बलात्कार विरुद्ध इलाममा एक महिने अभियान शुरु (फोटो फिचर)

  सरलपाटी सम्वाददाता

 1399 पटक हेरिएको

इलाम । मानव वेचविखन दिवसको अवसर पारेर इलाममा यौजनन्य हिंसा र बलात्कार विरुद्ध एक महिने जागरण अभियान शुरु भएको छ । देशैभर यौनजन्य हिंसा र बलात्कारको घटना बढिरहेको बेला त्यसलाई नियन्त्रण गर्न अइलाममा अभियान शुरु भएको हो । अभियान असोज १६ गते असिंसा दिवसका अवसरमा समापन हुने छ । अयिानको पहिलो दिन प्रभातफेरी र्यालीको आयोजना गरियो । टुडिखेलबाट शुरु भएको र्याली बजार परिक्रम गरेर चोकमा सभामा परिणत भएको थियो ।
यौजनन्य हिंसा र बतात्कार विरुद्ध एक महिने अभियान चलाउन जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा सरकारी कार्यालय, गैरसरकारी संस्था रहेको २० सदस्यीय समिति गठन गरिएको छ । एक महिनामा सडक नाटक मञ्चन, विद्यार्थी सचेतिकरण कार्यक्रम, महिला समुहसंग अन्तरक्रिया, सरोकारवालासंग अन्तरक्रिया, ब्रुसर वितरण लगायत कार्यक्रम गर्ने तयारी गरिएको छ । इलामको दशवटै स्थानीय तहमा अभियान अन्तरर्गतका कार्यक्रम हुने छन् ।
अभियानको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले पर्याप्त ऐन कानुन भएपनि आपराधिक मानसिकताको कारण अपराधको घटना बढ्ने गरेको बताए । उनले अभियानमा सहभागीहुन जिल्लाबासीलाई आग्रह गरेका छन् । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले भने यस्ता अपराधमा मृत्युदण्डको सजायको माग हुन थालेको बताउँदै मृत्युदण्डले अपराध निमिट्यान्न नहुने बताए । उनले समाजमा चेतनाको विकास गरेरै अपारध घटाउन सकिने बताए ।
मानव वेचविखन विरुद्धको दिवस पारेर इलामको पशुपतिनगर, सूर्योदय नगरपालिकाको फिक्कल लगायतका स्थनमा पनि कार्यक्रम भइरहेका छन् । इलाममा आर्थिक वर्ष ०७१÷०७२ मा तीनवटा, ०७२÷०७३ मा ३ वटा र ०७३÷०७४ मा दुईवटा मानव वेचविखन सम्बन्धी घटना भएको इलाका प्रहरी कार्यालयको तथ्याकं छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार