इलामकी दुर्गालाई बचाउन दक्षिण कोरियामा सहयोग संकलन

  शंकर विश्वासी

 1034 पटक हेरिएको

दक्षिण कोरिया।कारियामा रहेका इलामेली युवाहरुको साझा संस्था इलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाले इलाम नगरपालिका वडा नं. ३ पुवामझुवाका २० वर्षीया दुर्गा राईको उपचारका लागि सहयोग संकलन शुरु गरेको छ । नरजीत राईको छोरी दुर्गालाई बोनम्यारो र दवै मृगौलामा खराबी आएर उपचार भइरहेको छ ।
परिवारको आर्थिक अवस्था कमजोर भएको र हालसम्म उपचारमा १४ लाखभन्दा बढी खर्च भइसकेकाले थप उपचार गर्न समस्या भएपछि समाजले थप उपचारका लागि सहयोग संकलन शुरु गरेको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार संभव नभएपछि काठमाण्डौंको निदान अस्पतालमा ल्याएकी दुर्गाको दुवै मृगौला फेर्नुपर्ने डाक्टरहरुले बताएका छन् । सहयोगका लागि समाजले भीमराज शंकारको नाममा रहेको आइबीके बैंकको खाता नम्बर २३०१४२५२००१०११ र नेपालमा सहयोग गर्न चाहनेहरुले माछापुच्छ«े बैंक लि. मा रहेको दुर्गा राईको ३३२३५२४६२९३२२०१६ मा जम्मा गर्न सकिने समाजका सचिव केदार निरौलाले बताए ।
विगतमा जस्तै दुर्गा राईलाई बचाउनका लागि पनि खुलेर सहयोग गर्न समाजकी अध्यक्ष्ग मञ्जु लावतीले आग्रह गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार