गोर्खा वेल्फेयर ट्रष्टले जस्बिरेका एकसय ४२ घरमा पुर्याइदियो खानेपानी

  सरलपाटी सम्वाददाता

 806 पटक हेरिएको


इलाम । वेलायती सेनामा कार्यरत नेपालीहरुको परोपकारी संस्था गोर्खा वेलफेयर ट्रष्टले इलामकोे जस्बिरेमा खानेपानी आयोजना निर्माण गरिदिएको छ ।
गोर्खा वेल्फेयर ट्रष्टको एक करोड ३२ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो । आयोजनाबाट सन्दकपुर गाउँपालिका १, इलाम नगरापालिकाको २ र ४ नम्बर वडाको एकसय ४२ घरका बासिन्दा लाभान्वित हुन आयोजनाको सुपरभाइजर खड्गबहादुर राईले जानकारी दिए ।
खानेपानी आयोजनाको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले उद्घाटन गरेका छन् । कार्यक्रमका विषेश अतिथि सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले खानेपानी आयोजना निर्माण गरिदिएकोमा गोर्खा वेलफेयर टष्टलाई धन्यवाद दिए । दुई भागमा गरेर निर्माण गरिएको खानेपानी आयोजनाको मर्मत सम्भार कोष समेत खडा गरिएको छ । उद्घाटनपछि खानेपानी आयोजना टष्टका शुभराज थाम्सुहाडले उपभोक्ता समितिका अध्यक्ष विष्णु सुब्बालाई आयोजना हस्तान्तरण गरे । आयोजना हस्तान्तरण कार्यक्रममा आयोजना व्यवस्थापक कृष्ण सुब्बा, डिजाइन इञ्जिनियर कृष्ण गुरुङ, स्टोर इञ्चार्ज सुरेन मादेन, आयोजना सामाजिक सुपरिवेक्षक हेमकला सुब्बा लगायतको उपस्थिति रहेको थियो ।
आयोजना उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उपभोक्ता समितिका सल्लाहकार श्यामकमल मुखियाले स्वगत गरेका थिए । भने ेकार्यक्रमको सञ्चालन समितिका सचिव रुद्र ढुड्गानाले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार