इलाम । संघीय समाजवादी फोरमको मातृसंगठन मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल इलामको अध्यक्षमा काशिराम यादव सर्वसहमतिबाट चयन भएका छन् । समितिको उपाध्यक्षमा राजकुमार शाह,महिला उपाध्यक्षमा अम्बिका काफ्ले वस्नेत, आयुर्वेदिक उपाध्यक्षमा मनोजकुमार यादव, सचिवमा गर्जेन्द्र यादव, सह–सचिवमा लालबहादुर राउत र कोषाध्यक्षमा हरिनारायण यादव रहेका छन् । सदस्यहरुमा विनेश्वरप्रसाद शाह, शिवनाथ यादव, शैलेन्द्र यादव र इन्द्रल महतो रहेका छन् । स्वास्थ्यकर्मी फोरमका केन्द्रीय महासचिव कृष्णलाल यादवको प्रमुख आतिथ्य, संघीय समाजवादी फोरम जिल्ला अध्यक्ष कमल चाम्लिङको विशेष आतिथ्य र जिल्ला स्तरीय भेला संयोजक गजेन्द्र यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।