इलाम । इलामको देउमाई नगरपालिकाको आव २०७५÷०७६ को लागि कुल बजेट ५४ करोड १७ लाख ७५ हजार रुपैँया विनियोजन गरेको सार्वजनिक गरिएको छ ।
नगरपालिकाले सोमबार सार्वजनिक सुनुवाईं कार्यक्रममार्फत जानकारी गराएको हो । यस्तै नगरले चालु खर्चबापत ३७ करोड ४३ लाख १७ हजार रुपैँया र पुँजीबापत १६ करोड ७४ लाख ६८ हजार रुपैँया विनियोजन गरिएको छ । नगरपालिकाले यसै अवसरमा नगर विकास योजना पुस्तकको समेत विमोचन गरेको छ ।
कार्यक्रममा पुस्तकको बारेमा नगर इन्जिनियर प्रतीक दवाडीले प्रस्तुतिकरण गरेका थिए । सार्वजनिक सुनुवाईको अवसरमा सरोकारवालाहरुले कृषि, शिक्षा, पर्यटन र पूर्वाधारमा बिशेष गरी जोड दिनका लागि नगरपालिकालाई आग्रह गरे । कार्यक्रममा नगरप्रमुख पोख्रेलले मौरी, झ्याले आलुको पाकेट एरिया घोषणा गर्ने बताए । उनले नगरमा सम्बन्धित व्यक्तिको चासोलाई ध्यानमा राखेर आफूले काम गर्ने जानकारी दिए । सरोकारवालालाई आवश्यक परेको सेवासुविधा लिनका लागि नगर सधै प्रतिबद्ध रहेको समेत बताए । कार्यक्रममा १ नम्बर प्रदेशका सांसद रामबहादुर रानार नगर उपप्रमुख पविमाया राई, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद दाहाललगायतले बोलेका थिए । पुस्तकको नगर प्रमुख सुर्यप्रसाद पोख्रेल र प्रदेश सांसद रामबहादुर रानाले गरेका थिए ।


592 पटक हेरिएको 






