राँके बजारमा भीषण आगलागी

  सरलपाटी सम्वाददाता

 2175 पटक हेरिएको

इलाम। इलाम र पाँचथरको सीमामा पर्ने राँके बजारमा अहिले भीषण आगलागी भइरहेको छ ।
ठालुमान श्रेष्ठको घरबाट शुरु भएको आगोले स्थानीय भीम बस्नेत, तील विक्रमलगायतको घरमा आगलागी भइरहेको र  बाटोको तल्लो लाइनमा आगलागी भइरहेको असई लीलाध्वोज ढकालले बताए । आगो नियन्त्रण प्रयास भइरहे पनि नियन्त्रणभन्दा बाहिर गएको र ग्यास पड्एिकाले ठूलो क्षति भइरहेको देखिएको स्थानीय प्रकाश बस्नेतले बताए । ग्यास पड्केकाले उद्धारमा नजिक जानसमेत समस्या रहेको उनले बताए । आगो निभाउनका लागि पाँचथरबाट दमकल हिँडिसकेको भएपनि घटनास्थलमा आइपुगेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार