भालुढुंगालाई १५ हजार सहयोग

धनबहादुर र गीता गुरुङले गरे सहयोग

  सरलपाटी सम्वाददाता

 2191 पटक हेरिएको

 

इलाम । इलाम सदरमुकाममा रहेको एकीकृत भालु ढुङगा सामुदायिक पर्यटन विकास संस्थालाई एक दम्पत्तिले १५ हजार रुपैयाँ सहयोग गरेका छन् । इलाम सन्दकपुर गाउँपालिका-२ का धनबहादुर गुरुङ र गीता गुरुङले नगद सहयोग गरेका हुन् । पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउनका लागि भालु ढुङगाले पछिल्लो समय पर्याप्त भूमिका खेलेकाले सहयोग गरेको दम्पत्तिले बताए । संस्थाका उपाध्यक्ष रजिन खड्कालाई नगद हस्तान्तरण गरेका थिए । खड्काले सहयोग गर्ने गुरुङ दम्पत्तिलाई सहयोगका लागि धन्याबाद ज्ञापन गरेका थिए । पछिल्लो समय भालु ढुङगालाई पर्यटन प्रवद्र्धन गर्न स्थानीय लागि परेपछि देशभित्र वा बाहिरबाट आर्थिक सहयोग गर्नेको संख्या पनि धेरै रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार