संविधान दिवशलाई जनताको दिवश बनाउनु पर्दछ : प्रम ओली

  सरलपाटी सम्वाददाता

 567 पटक हेरिएको

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवशलाई जनताको दिवश बनाउनु पर्ने बताएका छन् ।
गृह मन्त्रालयले आज आयोजना गरेको संविधान दिवश मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान निर्माणका लागि जनताले ठूलो संघर्ष गरेकोले त्यसको खुशीयालीको रुपमा आएको संविधान पनि जनताले खुशीयाली पूर्ण ढंगले मनाउन पाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले भने ‘२०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको हो । संविधान दिवश सबभन्दा ठूलो राष्ट्रिय दिवश हो । यसलाई जनताले अपनत्व गर्ने गरी मनाउनु पर्दछ ।’
प्रधानमन्त्री ओलीले संविधान दिवशलाई सरकारी कार्यक्रम जस्तो मात्र बनाउनु नहुने बताए । प्रधानमन्त्री ओलीले संविधान दिवशको अवसर पारेर शैक्षिक संस्था, स्थानीय तह र अन्य निकायहरुलाई विविध कार्यक्रम आयोजना गर्न आग्रह गरेका छन् । ‘संविधान दिवशलाई सबैको दिवश बनाउनु पर्दछ । यो जनजाती,महिला,दलित,मधेस,पहाड,हिमाल सबैकोे उत्सवको दिन हो’ प्रधानमन्त्री ओलीले भन्ने, ‘यस अवसरमा सबै जातजातिले आफ्नो भेषभुषा र झांकी प्रदर्शन गर्नु उपयुक्त हुन्छ ।’
प्रधानमन्त्री ओलीले संविधान दिवशको व्यापकतालाई थप वृद्धि गर्न प्रज्ञा प्रतिष्ठानलाई संविधान र समृद्धि विषयमा कविता गोष्ठी आयोजना गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले संविधान दिवशका अवसरमा नेपाल टेलिकमलाई कम्तीमा एक हप्ताका लागि मोवाइल सेवामा सहुलियत प्रदान गर्न पनि आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार