किन बुझाए पाँच हजार चिकित्सकले काउन्सिललाई आफ्नो लाइसेन्स !

  सरलपाटी सम्वाददाता

 605 पटक हेरिएको


काठमाडौं । भदौ १ देखि लागू भएको नयाँ मुलुकी ऐन संशोधन गर्न माग गर्दै पाँच हजार भन्दा बढी चिकित्सकहरुले आफ्नो लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाएका छन् ।

आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेपछि चिकित्सकहरुले मेडिकल काउन्सिलको कार्यालयमा पुगेर नेपाल मेडिकल काउन्सिलको प्रमाण ९लाइसेन्स ० बुझाएको चिकित्सक संघका महासचिव डा। लोचन कार्कीले बताए ।

मुलुकी ऐन सच्याउन सरकारलाई आग्रह गर्दै चिकित्सकहरुले आज सांकेतिक रुपमा एक दिनका लागि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकको सेवा बन्द गरेको थियो ।

मुलुकी अपराध ९संहिता० ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ निर्माण गरी नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधीको व्यवहार गरेको चिकित्सक संघको ठहर रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार