गृह जिल्लामा अक्षर सिम्फोनीको लोकार्पण

  सरलपाटी सम्वाददाता

 910 पटक हेरिएको


इलाम । दार र आकर्षक रुपमा कविता वाचन गर्ने इलामका कवि विमल वैद्यको भर्खरै प्रकाशित तेस्रो कृति अक्षर सिम्फोनीको गृहजिल्लामा लोकार्पण शनिवार गरियो ।
अक्षर सिम्फोनीको लोकार्पण कार्यममा शुरुमा उनका अग्रजदेखि सहपाठीको शुभकामना दिए । शुभकामनाका वक्तव्य अरुबेलाको जस्तो पट्यार लाग्दो भएन् । वक्ताहरुले विमलको विगत रोमान्चक रुपमा सुनाए । अर्को चरणमा कृतिमाथिको टिप्पणी ।
त्यो अझ चाखलाग्दो थियो । महेन्द्ररन्त बहुमुखी क्याम्पसका प्राद्यापक दिपक लुङ्गेलीले आफू अंग्रेजी साहित्यको विद्यार्थी भएको र समिक्षामा त्यसको प्रभाव रहेको जाकारी दिदै कविताका केस्रा केस्रा केलाए । उनले अंग्रेजी साहित्यका प्रसिद्ध कविहरुको उदाहरण दिंदै वैद्यका कविताका सैद्दान्तिक पक्षहरु केलाए ।
वैद्यका कविताहरुमा छ वटा प पाइने भन्दै त्यसलाई बुदागत रुपमा प्रष्ट्याए । धेरैजसो कविताको हरेक पक्षमा चर्चा गरेका लुङ्गेलीले टिप्पणीको अन्यतिर भने ‘विमल दाइको अक्षर सिम्फोनीमा ३२ पटक सूर्य उदाएको छ, १९ पटक साँझ परेको छ, १५ पटक रात परेको छ,’उनले अघि भने, ‘३२ पटक सूर्य उदाउनको अर्थ अक्षर सिम्फोनी ३२ लक्षण युक्त छ ।’ लुङ्गेलीपछि सिर्जनशिल अराजकताका अभियान्ता प्रकाश थाम्सुहाङ्गले घर फर्र्किएका बेला विमल वैद्य ठानेर विनोद श्रेष्ठलाई आफू तपाई (विमल वैद्यको) विताको पाठक भएको भनेर सुनाएको रोचक घटनाबाट अक्षर सिम्फोनीको टिप्पणी शुरु गरे । उनले वैद्यका कृतिमा कतिपय असहमतिहरु भएको भन्दै काव्यिक चेतनाको बारेमा वैद्य सशक्त भएको बताए ।
४० को दशक देखि लेख्न शुरु गरेका धेरैमध्ये औलामा गन्ने मध्येमा वैद्य पर्ने बताए । उनको सफलतताको राज क्रियाशीता भएको भन्दै भनाईहरु सक्ने क्रममा उनले भने ‘दाजुको चित्त दुख्यो होला, तर हाम्रो लिम्बू संस्कृतिमा काटाकाट गरेपनि नाक फोराफोर गरेपनि चित्त दुखाएपछि दुई बोतल रक्सी लगेर ढोगेपछि भइहाल्छ ।’ उनले थपे,‘दाजुको चित्त दुखेको भए त्यही गरौला ।’ थाम्सुहाङ्गले यसरी भनाई सकेपछि हला हासोको फोहोरा छुट्यो । प्रस्तोलाले अब प्रख्यात कवि मनु मञ्जिललाई मञ्चमा निम्त्याए । मुनमञ्जिलले केही दृष्टान्त सुनाउदै कविको भाषा कविकै हुने बताए ।
त्यस्तो भषामा अरु कसैले लेख्न नसक्ने बताउँदै उनले वैद्यका कविताको प्रशंसा गरे । उनि यत्तिकैमा अडिएनन् । कृतिको आलोचना समेत गरे । पश्चिमाहरु फिनिसिङ्गमा पोख्त हुने बताउँदै भावनासंगै फिनिसिङमा पनि ध्यान दिन वैद्यलाई सुनाए । आफ्ना भनाइहरु सिध्याउने क्रममा दर्शक दिर्घाबाट मञ्जिलाई हुटिङ भयो । कविता कविता ।
दर्शकहरुको हुटिङ भएपनि मञ्जिलले दुईवटा कविता सुनाए । उनी कविता जीवनका रंगहरुले लेख्छिन् र रिसाएकी सानी छोरीको कविता शिर्षकको दुइवटा कविता सुनाए । दर्शकले अर्को कविताको लागि हुटिङ हुँदा हुँदै मञ्जिलले माइक छाडेर मञ्चमा पुगे ।
बल्ला पालो आयो बहुप्रतिक्षित वैद्यका कविता सुन्ने । शुरुमा सहपाठीलाई धन्यवाद दिए । मुनमञ्जिलप्रति आभार व्यक्त गरे । जिल्लबासीलाई साक्षी राखेर कृतिको लोकापर्ण गर्न पाउँदा हर्षित भएको सुनाएदै दर्शकहरुको आग्रहमा कविता शुरु गरे ।

आमा र नानीहरु
जव हुर्किन्छन्
घरका नानीहरु
र जीवनको नयाँ बाटो खोज्न
मनमा पँखेटाँ टाँसेर
उड्ने तयारीमा हुन्छन्
त्यति बेला
घरका आमाहरुको शरिरमा
काँडा उम्रन थाल्छन्
स्नेहका तरङहरु
आशु बनेर आँखाबाट
तप्किन थाल्छन्
घरको बलेसिमा
त्यहि आसुले खोपिल्टो बनाउँछ
बल्झिन थाल्छन् पीढाहरु छातीमा
मन त रुदो हो बाबुको पनि
बाहिर आसु भने देखिदैन
खै कस्तो सम्बन्ध हो यो
रगत र रगतका बीच ।

पराई आगनमा पाइला हालेका थिए ।
दमदार शैलीका कविताको प्रस्तुती गरेपछि हलमा गडगडाहट ताली बझ्यो । अर्को कविता खोज्दै गर्दा मनुमञ्जिलको आग्रह भयो । त्यो झण्डा भन्ने कविता सुनाउनुस न । मञ्जिलको आग्रह टार्न सकेनन् । कृतिको पहिलो पानामा पल्टाएर कविताक्रमबाट मञ्जिलले रोजेको कविता सुनाए ।
झण्डा
एउटा झण्डा सिलाउनु छ
निकै टिकाउ हुने
युग युगसम्म
घरको धुरीमा फरफराइरहने
कसैले उखेलेर सजिलै
डाडाँ कटाउन नसकोस
मनको खाडलमा गाडिएर उभिएको
एउटा झण्डा सिलाउनु छ ।

झ्यालमा टाँगिएको
रंगीन पर्दा जस्तो
खुइलिएर घामले रङ नउडोस
छतमा सुकाएको फरियाजस्तो
हावाको वेगले उडाएर कतै
छिमेकीको रछ्यानमा नपुगोस
घरको मूलखाँबो जस्तै
घरलाई थामेर उभियोस
र सवै झण्डामुनि रमाउन सकौँ
झरिले नविझोस
हुरीले कतै
बिचबिचमा मञ्जिलको वा ! को आवाज आइरह्यो । वैद्यले नाकाबन्दीपछि भारतीय प्रधानमन्त्री नेपाल आएको बेलामा कविता लेखेको बताए । देशभक्त पूर्ण या राष्टूवादी कविता सुनाएपछि हलमा सवैले तालि पड्काए । अब दर्शककै रोजाईमा वैद्यले अर्को कविता सुनाउन भन्दा पहिले दिदिनै घर छाडेर यता यता हिड्दा श्रीमतिले गालीको भावमा भनेको एउटा कुराबाट कविता फुरेको भनेर वैद्यले नारीवादी अर्को कविता सुनाए ।
घरको देउता
सजिलो छैन
तिमिले भनेजस्तो
थपक्क भुलेर हिड्न मैले
कोठे बारीमा तन्किरहेका
इस्कुसका लहराहरुले रोक्छन्
झ्यादिै गरेका सीमिका बोटहरुले छेक्छन्
फुल्न थालेका केराउँका केस्राहरुले अल्झाउँछन् ।
कहाँ सजिलो छ र बाटो !
तिमिले हिडेजस्तो
थपक्क उठेर हिड्न मैले ।

त्यही हो बाटो
तिमिले हिडेको
जसरी हिडेका थियौ
नरोकिई
तिमिले जस्तो कहाँ सक्छु र हिड्न !
मुल ढोकामै
घरको बिरालोले रोक्छ
पिँजडा भित्रबाटै
मैनाले विरहको गीत गाउँदै
अपशकुन बोल्छ
खोर भित्रैबाट पोथी कुखुराहरुले
विद्रोहको कर्कश धुन निकाल्न थाल्छन्
राखेपछि कार्यक्रम सकियो । वैद्यको यो तेस्रो कृति हो । पहिलो कृति प्रकाशन गरेर सात वर्षजति हराएका विमलले दोस्रो कृति बजारमा ल्याएपछि चर्चाको उचाई कायम गरे ।
तेस्रो कविता कृति सार्वजनिक गरेपछि विमल अहिले चर्चामा छन् । ठाउँ ठाउँमा उनको बाक्लो कार्यक्रम आयोजना भइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार