एकै रातमा इलाम बजारका फोरियो चार पसल

चोरको विगविगि

  सरलपाटी सम्वाददाता

 942 पटक हेरिएको

चोरले खोलेको पसलमा लगाएको ताला

इलाम । इलामा चोरको विगविगि बढेको छ । इलाम बजारका चार पसल एकै रातमा फोरिएका छन् । दुईवटा पसलबाट नगद चोरी भएको छ । कृष्णचन्द श्रेष्ठको किराना पसलभित्र पसेर गल्लामा रहेको पाँच हजार रुपैयाँ र हाम्रो टेलरबाट दुई हजार पाँच सय रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
युवराज थामीको इलाम डेक्सटपको ताला खोल्दै गर्दा घरबेटीले थाहा पाएपछि चोर भागेको थियो । ‘घरबेटी दाईले थाहा पाएपछि हल्ला खल्ला भयो, म कोठााबट पसलमा निस्किनसक्दै चोर भाग्यो’–थामीले सुनाए । उनीहरुले एक जना चोर मात्रै देखेको बताएका छन् । राती एक वजेतिर चोरले थामीको पसलको ताला खोल्दै गर्दा घरबेटीले थाहा पाएका थिए । चोरले एकै प्रकृतिको ताला खोलेर पसलहरुमा चोरी गरेको छ । तालामा कुनै दाग समेत नलगाई ताला खोलेको पाइएको थामीले बताए । ‘दाग समेत नलगाई ताला फोरिएको छ, चोरसंग ताला खोल्ने कुनै प्रविधि हुनसक्छ’–थामीले शंका ब्यक्त गरे । फरक फरक ताला भएको मोवाइल पसलको एउटा ताला खोलीएको स्थानीयले बताएका छन् । केही दिन यता इलामको गडीथुम्की क्षेत्रमा पनि दुले चोरको विगविगि बढेको छ । स्थानीय पालेको कुखुरा खोरबाटै चोरी हुने गरेको स्थानीय सन्तोष नेम्वाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार