यस्ता छन् भालुढुङ्गाको चुनौती

  हेमराज ढकाल

 1628 पटक हेरिएको

नेपालको नयाँ संरचना अनुसार हाल विभिन्न प्रदेश तथा स्थानीय तहमा रुपान्तरण भएसंगै विभिन्न जिल्ला सदरमुकामहरुलाई एउटा ठूूलो चुनौती थपिएको छ । जिल्ला सदरमुकाममा रहेका हरेक सुविधाहरु अन्य तहहरुसम्म प¥याउने राज्यको लक्षसंगै केन्द्रमा रहेका प्रशासनिक तथा शैक्षिक क्षेत्रहरु प्रत्येक स्थानीय तहमा गए । यो कुराले हाम्रो इलाम पनि अछुतो रहन सकेन जसले इलाम सदरमुकाममा रहेको पुरानो नगरपालिका इलाम नगरपालिकालाई समृद्ध नगर बनाउन चुनौती थपिएको छ । अब इलाम नगरपालिकालाई समृद्ध नगर बनाउन विकल्प खोज्न थालिएको छ । जसको लागी पर्यटन व्यवसाय एउटा कोसेढुङ्गाको रुपमा रहने चर्चा उठन थालेसंगै यहाँ हरेका व्यक्ति तथा संस्थाहरु पर्यटनको विकासका लागी जागरुक भएका छन भने सम्भावना रहेको क्षेत्रको विकासका लागी युवा वर्ग हाल आएर इलाम बनाउन लागी परेको देखिन्छ । यस्तै संभावना बोकेको इलाम नगरपालिका वडा नं. ६ मा रहेको पर्यटकीय स्थल ओढारे भालुढुङ्गा इलाम चोक बजारबाट करिब ३ किलोमिटर दुरीमा पर्दछ । भालुढुङ्गामा हाल दैनिक सरदर ४०० जति आन्तरीक तथा बाह्य पर्यटकहरु आउने गरेका छन । स्थानीय युवाहरुको सक्रियता सौन्दर्यीकरण गर्न पहल भएपछि त्यस क्षेत्रमा पर्यटक बढेका हुन । भालुको गुफा, महादेव पाइला, सेल्फी फ्रेम, ढुङ्गामाथि रहेको रेलिङ्ग र हरियाली धना जंगल नै त्यहाँको मूख्य आकर्षण रहेको छ भने त्यस स्थानबाट पुवाखोलामा देखिने घोडाको टाउको आकार पनि आकर्षणको रुपमा रहेको छ ।

भालुढुङ्गाको आकर्षणता बढाउन स्थानीय युवाहरुले एकिकृत आढारे भालुढुङ्गा पर्यटन प्रबद्र्धन विकास समिति संस्था गठन गरेका छन । देश तथा विदेशमा रहनुहुने सहयोगी मन भएका दाताहरुको सहयोगले उक्त क्षेत्रको सौन्दर्यीकरण गरिएको छ । प्रत्येक घरका एक व्यक्ति श्रमदान गरी सामुहिक भावनामा पर्यटन विकासमा गरौ भन्ने नारा एक उदारणीय नमूनाको रुपाम लिन सकिन्छ साथै समाज विकासका लागी युवाको भुमिका महत्वपूर्ण हने कुराको प्रमाण त्यहाँ देख्न सकिन्छ हालै मात्र उक्त ठाउँमा सामुहिक घरबासको लागी पनि समुह गठन गरी सञ्चालनमा आउन थालेको छ । यसले पक्कै पनि समाजमा रहेका मानिसहरुको आर्थिक बृद्धिको लागी अहम भुमिका खेल्नेछ । साथसाथै समग्र इलामको साँस्कृतिक पहिचानलाई विस्तार गर्दै पर्यटकिय विकासका लागी थप टेवा पुग्नेछ ।


भालुढुङ्गा पर्यटकिय क्षेत्र धेरै सम्भावना वोकेको पर्यटकिय क्षेत्र रहेको छ । यो पर्यटकिय क्षेत्र सामुदयिक वन क्षेत्रमा विस्तार भएकोले गर्दा पनि यसको थप सौन्दर्यीकरणमा खासै धेरै मेहनत गर्न नपर्ने देखिन्छ यसको प्राकृतिक बनावटका कारण यो क्षेत्रमा धेरै बजेट खर्चहुने संरचना बनाउन आवश्यक पर्दैन । मात्र यस वन परिषरमा रहेको हरेक बस्तुको पहिचान गरि यसैलाई पर्यटकमा चिनाउन सक्नु पर्ने देखिन्छ । वनमा रहेका वन बुट्यानहरुलाई व्यवस्थित गरि पार्क, पिकनिक स्पोर्ट, मिनि चिडियाखाना, वोटानिकल रिसर्ज सेन्टर बनाउन सकिने संभावना रहेको यस पर्यटकिय स्थानबाट अन्य पर्यटकिय क्षेत्रसम्म जोडिन सकिने सम्भावना पनि रहेको छ । यस क्षेत्रको नजिकै रहेको सेतीदेवि धार्मिक पर्यटकिय क्षेत्र तथा इलाम नगरपालिका वडा नं. ६ मा नै रहेको धेछेन छ्योग ग्यूलरिङ्ग गुम्बासँगको साझेदारी तथा समन्वयमा त्रिपक्षिय पर्यटन विकास गर्नका लागी पहल भएमा थप पर्यटकहरु बढने दखिन्छ ।


भालुढुङ्गाको प्रचार बढेसंगै यहाँ पर्यटकहरुको संख्यामा बृद्धि भएको छ र साथसाथै यस क्षेत्रका चुनौतीहरु पनि त्यतिकै रहेको छ । यो पर्यटकिय क्षेत्रमा आवश्यक न्युनतम सुविधाहरु जस्तै ः सार्वजनिक शौचालय, पिउने पानीको व्यवस्था, पार्किङ्गको सुविधाको व्यवस्था गर्नुपर्नेछ । भालुढुङ्गा पर्यटकीय स्थान विषेश गरेर युवा युवतीको आकर्षणको केन्द्र बन्दै गइरहेको छ यसकारण त्यस क्षेत्रमा फैलन सक्ने विकृतीलाई फैलनबाट रोक्न सक्नु पर्नेछ र सुरक्षाका लागी विशेष ध्यान दिनुपर्नेछ । सामाजिक व्यवहारमा परिवर्तन गर्नका लागी जनचेतना फैलाउन आवश्यक रहेको छ भने अर्को महत्वपूर्ण विषय उक्त क्षेत्र सरकारी वन अन्तर्गत उपभोक्ता वन समितिमा पर्ने भएकोले त्यस क्षेत्रमा काम गर्नका लागी वन सम्बन्धी कानून अन्तर्गत चल्नु पर्ने साथै स्थानीय वन समुहसँगको समन्वयमा कार्य गर्नुपर्ने भएको हुदा आपसि समझदारी कायम गर्न अत्यन्तै कठिन विषय रहेको देखिन्छ ।

नयाँ गन्तव्यको रुपमा आज देश तथा विदेशमा परिचित हुन पुगेको इलाम नगरपालिकाको पर्यटकिय क्षेत्र ओढारे भालुढुङ्गा स्थानीय सक्रिय युवाहरुको पहलमा यो स्थानसम्म पुगेको छ यसलाई अझ माथि उठाउन यहाँका सम्भावना, चुनौतीहरुलाई अध्यायन गरी समन्वय तथा सहकार्यमा अघि बढ्नु तपाई हामी सवैको जिम्मेवारी हो र नै त भोलीको “स्वच्छ, समृद्ध, सुसंस्कृत इलाम” को परिकल्पना गर्न सक्छौ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार