
इलाम । इलाममा बर्षेनी राहादानी लिनेको संख्या घट्दै गएको भएपनि महिलाको अनुपात भने बढ्दै गएको छ । राहदानी लिने मध्ये धेरैले वैदेशीक रोजगारमा जाने प्रयोजनको लागि नै राहदानी बनाउने गरेका छन् ।
गएको तीन वर्षमा इलामबाट राहदानी लिनको संख्या घट्दो छ । आर्थिक वर्ष ०७२÷०७३ मा इलामबाट सात हजार पाँच ७२ जनाले राहादानी लिएका थिए । त्यसपछिको अर्को आर्थिक वर्ष ०७३÷०७४ मा पाँच हजार ७४ जनाले राहदानी लिएका थिए । ती मध्ये तीन हजार नौ सय ९१ महिला छन् । त्यस वर्ष इलामबाट राहदानी लिने पुरुषको संख्या ७८ थियो भने महिला २२ प्रतिशत थिए । वितेको आर्थिक वर्ष ०७४÷०७५ मा चार हजार नौसय ९५ जनाले राहदानी बनाएका छन् । तीम मध्ये पुरुषको संख्या तीन हजार पाँचसय ( ७० प्रतिशत) र महिलाको संख्या एक हजार चार सय ९५ (३० प्रतिशत रहेको छ ।
जिल्लाबाटै मेसिन रिडेवल पासपोर्ट एमआरपी वितरण थालिएपछि ३९ हजार दुई सय ९८ जना रहेको छ । जिल्लाबाट सिफारीस लगेर २१ हजार दुई सय एक जनाले परराष्ट्र मन्त्रालयबाट राहदानी लिएका छन् । सिफरीस लिएर मन्त्रालयबाट राहादानी लिनेमा समेत महिलाको संख्या उल्लेखीय रहेको जिल्ला प्रशासन कार्यालय राहदानी शाखाका विनोद बिसीले बताए । ‘पहिले राहदानी बनाउन आउने महिला छिटफुट मात्रै हुन्थ्येÕ–बिसीले भने–‘अहिले महिलाको संख्या बढ्दै गएको छ ।Õ कुनै दिन पुरुषको तुलनामा धेरै महिलाहरुले राहदानीको लागि आवेदन गर्ने बिसीको भनाई छ ।
वैदेशीक रोजगारीमा जाने महिलाको संख्या बढ्दै गएकाले राहदानी लिन उनीहरुको आवेदन बढेको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत देवीचरण फुयालको भनाई छ । ‘समाजको रुपमान्तरण हुँदैछ पहिले महिलालाई वैदेशीक रोजगारीमा जादा नराम्रो दृष्टिले हेरिन्थ्यो, अहिले त्यो क्रम पनि घटेको छÕ–प्रशासकिय अधिकृत फुयाल भन्छन्–‘महिलाहरु पनि रोजगार हुन्छु भन्ने भावना बढेको छ, यहाँ अवसर नभएकाले वैदेशीक रोजगारीमा गएका हुन्, त्यसैले राहदानी लिनको संख्या घटदा महिलाको संख्या बढेको हो ।Õ
राहदानी लिने मध्ये ९० प्रतिशले वैदेशीक रोजगार प्रयोजनको लागिनै बनाएका हुन्छन् । तर, राहदानी बनाउने सवै रोजगारीमा जाँदैनन् । अध्यन र घुमघामको लागि विदेश जानको लागि समेत राहदानी आवश्यक पर्छ । त्यो प्रयोजनको लागि राहादनी बनाउनको संख्या नगन्य रहेको प्रशासनका कर्मचारी बताउँछन् । वैदेशीक रोजगारीको लागि राहदानी बनाएपनि नजानेको संख्या थुप्रै छ । राहदानीको लागि आवेदन गर्ने कतिपय एमआरपी लिनै नआउने गरेका पनि छन् । दुई वर्ष अघि राहादानीको लागि निवेदन दिएकाले पनि अहिलेसम्म राहदानी बुझेका छैनन् । त्यो संख्या ५० हाराहारीमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।