झापाको न्यू स्टार क्लवसेमिफाइनलमा

  सरलपाटी सम्वाददाता

 486 पटक हेरिएको

ताप्लेजुङ । झापाको न्यू स्टार क्लव पाथीभरा गोल्ड कप फुटबल प्रतियोगीताको सेमी फाइनलमा प्रबेश गरेको छ । निकै बलियो टिम मानिएको आयोजक ताप्लेजुङको कर्णसिंह सोनाम स्मृती क्लवलाई अतिरित्त समयमा १–० गोल अन्तरले पराजीत गरेको हो । अतिरित्त समयको दोस्रो हाफको अन्तिम समयमा न्यू स्टारको तर्फवाट रोमन भुजेलले निर्णयक गोल गरेका थिए ।
डिएरिया बाहिरवाट भुजेले प्रहार गरेको फ्रिकिक गोलमा परिणत भयो । निर्धारित समयसम्म वरावरी खेलेपछि १५ मिनेटको अतिरिक्त समय थपिएको थीयो । दोश्रो हाफमा कर्णसिंह १० खेलाडीमा समेटिएको थीयो । तेज बुढाथोकिले दुईवटा पहेंलो कार्ड पाउँदै मैदान छाड्नु प¥यो । खेलको म्यान आफ द म्याच न्यूस्टारका जीवन धामी घोषित भए । मंगलबार राष्ट्रिय जागृती क्लव इटहरी र युनाइटेड खर्साङ फुटवल क्लव भारतविच हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार