प्रेम राई बचाउ समितिले अनियमितता गरेको आशंका, छानविन गर्न माग

  सरलपाटी सम्वाददाता

 1004 पटक हेरिएको


साउदी जेलमा रहेका इलाम दानाबारीका प्रेम राईलाई जेलबाट मुक्त गर्नका लागि देश विदेशबाट संकलन भएको रकम सहयोग समितिले फजुल खर्च बढी गर्नका साथै अनिमितता गरेको आशंका भएकाले छानविन गरी कार्वाही गर्न इलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाले आग्रह गरिएको छ ।
समाजको अगुवाईमा वैदेशिक रोजगारी र अन्य विभिन्न कार्यका लागि दक्षिण कोरियामा रहेका नेपालीहरुले पनि प्रेम राईको रिहाईका लागि नेपाली चार लाख रुपैयाँ सहयोग संकलन गरेर प्रेमका श्रीमति सरितालाई हस्तान्तरण गरेको थियो । देश विदेशमा रहेका नेपालीहरुले जरिवाना रकम सहयोग गरेपछि यही साउन महिना प्रेम राई स्वदेश फर्केका छन् ।
समाजका अध्यक्ष मञ्जु लावती र महासचिव शंकर विश्वासी लिम्बूको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तीमा सो रकमको विषयमा यथासक्य छानविन गरी सत्य तथ्य बाहिर ल्याएर दोषीलाई कार्वाही गर्न माग गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, पसिनाको कमाई खाईनखाई गरेर गाँस काटेर प्रेम राईको उद्दारका लागि गरिएको सहयोग गरेको रकम प्रेम राई बचाउ मूल समितिले पत्रकार समम्मेलनमा विभिन्न शीर्षकमा २३ लाख खर्च भएको र पछि १६ लाख खर्च भएको जनाएपछि अनियमितताको आशंका उत्पन्न भएको छ । समाजसेवाको नाममा भएका अनियमितताले सामाजिक संघ संस्थाहरुको प्रतिष्ठामा आँच पुर्याउने भएकाले समाजसेवाको नाममा हुने अनियमितताको छानविन हुनुपर्ने विज्ञप्तीमा माग गरिएको छ ।
इलाम माई नगरपालिका–४ शुक्रबारे वजारका ३२ बर्षिय प्रेम बहादुर राई बिगत ३० महिना देखि निर्दोश हुदाँहुदै पनि साउदी स्थित नदीम रियादको जेलमा रहेको थिए ।
उनलाई नेपाल फर्काउन प्रेम राई बचाउ अभियान मुल समितिले अर्थिक स्ांकलन अभियान चलाएको थियो । समितिको कोषध्यक्ष अनिता ताम्बुछा र सदस्य संकल्प किरातीले सहित परिवारले काठमाण्डौबाट घर ल्याएको होे ।
अनियमितता भएको प्रमाणित भएमा जस्तो सुकै कार्वाही भोग्न तयार रहेको समितिका सदस्य विकल्प किराँतीले बताएका छन् । खर्च रकम बिगो बापत साउदी सरकारलाई पठाएको ४३ लाख ३४ हजार एक सय छ रुपैयाँ, संचार र कार्यालय ब्यवस्थापनमा ६ लाख नौ हजार पन्ध्र, बैठक तथा अतिथि खर्च १ लाख ८८ हजार, यातायात खर्च २ लाख चार हजार, प्रेम परिवार खर्च ८ लाख ८० हजार र साउदी समन्वय खर्च ३ लाख २५ हजार भएको मुल समितिकी कोषाध्यक्ष अनिता ताम्बुछाले बताइन् । हाल २५ लाख ३३ हजार बचत भएकाले आम सहयोगीको अभिमतबाट निर्णय भए बमोजिम खर्च गरेने सदस्य संकल्प राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार