काठमाडौं।प्रधानमन्त्री केपीशर्मा ओलीले योजनावद्ध विकास नगरे गन्तव्यमापुग्ननसकिने बताएका छन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं साधारणसभालाई आइतबार बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारले तीव्र विकासलाई तीव्र गतिमा बढाउनु पर्ने भएकाले योजनावद्ध रुपमा अघि बढ्नु आवश्यक रहेको बताएका छन् । ‘विश्वविद्यालयहरुलाई प्राज्ञिक थलोको रुपमाविकास गर्नु पर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘त्यहाँ पठनपाठनलाई भन्दा बढी देशलाई आवश्यक पर्ने अध्ययन अनुसन्धानहुनु जरुरी छ ।’
सरकारले देशलाई आवश्यक पर्ने जनशक्तिको पहिचान गरी त्यसै अनुसारको विद्यालय र कलेजहरु खोल्ने तयारी गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । विश्वविद्यालयहरुले संख्यामा भन्दापनि गुणस्तरमा ध्यान दिनु पर्ने प्रधानमन्त्रीओलीले बताए ।