एक लाख पचहत्तर रुपैयाँको अवैध मरिच बरामद

  सरलपाटी सम्वाददाता

 487 पटक हेरिएको

झापा । झापाको मेचीनगर नगरपालिका-४ स्थित प्रसादगौडाबाट प्रहरीले १ लाख ७५ हजार रुपैया बराबरको अवैध मरिच बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको सँयुक्त टोलीले नेपालबाट भारत तर्फ चोरी निकासी हुँदै गरेको ३५० किलो मरिच सहित ३ वटा मोटरसाइकल र ४ वटा साइकल बरामद गरेको हो ।
तस्करहरुले भारतीय डब्लुबि-७४-एजे-६६५, डब्लुबि-७४-पि-६२१२ नम्बर तथा नेपाली मे १ प ९१२१ नम्बरको मोटरसाइकल तथा ४ वटा साइकलमा राखेर ७ बोरा मरिच तस्करी हुँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । बरामद मरिच तथा सवारी साधन अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय काकडभिट्टामा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार