पाँचथरको तुम्वेवा गाउँपालिकामा अनिवार्य श्रमदान गर्नुपर्ने

  सरलपाटी सम्वाददाता

 679 पटक हेरिएको


पाँचथर । पाँचथरको तुम्वेवा गाँउपालिकाले महिनाको दोस्रो शनिार अनिवार्य जनश्रमदान गराउने नीति लिएको छ ।
कार्यपालिकाको बैठकले सरकारी स्तरवाट सञ्चालित विकास निर्माणका योजनामा अनिवार्य २० प्रतिशत जनश्रमदान जुटाउनु पर्ने नीतिलाई कार्यन्वयन गर्न यस्तो अभियान चलाउने निर्णय गरेको हो । उक्त नीतिलाई कार्यन्वयन गर्न गाँउपालिकाका पाँच वटै वडामा जन प्रतिनिधि,कर्मचारी र स्थानीयले सामुहिक जनश्रमदान गरेका छन ।
पहिलो पटक आयोजना गरिएको जन श्रमदानमा गाँउपालिकाका विभिन्न वडामा रहेका मोटरवाटो, विद्यालय परिषर, पाटी पौवा र सार्वजनिक स्थलमा सरसफाई गरिएको थियो । विहान छ वजेदेखि शुरु भएको अभियान गाँउपालिका प्रमुख होम नाथ थापा,उपप्रमुख धन साँवा र प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र दाहालले पनि सकृय सहभागिता जनाएकाथिए ।
पहिलो दिनको जनश्रमदान अभियान पश्चात सहभागिहरुलाई सम्वोधनगर्दै गाँउपालिका प्रमूख थापाले यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार