मेची स्पोर्टस अवार्ड हुने

  सरलपाटी सम्वाददाता

 515 पटक हेरिएको


विर्तामोड । आगामी माघ ७ गते मेची स्पोर्टस अवार्ड हुने भएको छ । खेलकुद पत्रकार मञ्च झापाको आयोजनामा अवार्ड हुन लागेको हो । मञ्चले अघिल्लो वर्ष झापा अवार्डको आयोजना गरेको थियो ।
तर यसपटक अवार्ड वितरणको दायरा फराकिलो बनाइएको खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष रमेश समदर्शीले बताए । यसपटक मेची अञ्चलका खेलकुद प्रतिभालाई समेट्ने मञ्चको तयारी छ ।
मञ्चले यसपटक छ वटा विधामा अवार्ड वितरण गरिने जनाएको छ । उत्कृष्ट प्रतिभाले २५ हजारका दरले पुरस्कार पाउने मञ्चका सचिव पर्वत पोर्तेलले बताए । उत्कृष्ट पुरुष र महिला खेलाडीलाई मोटरसाइकल र स्कुटर पुरस्कार दिइनेछ । ती दुई पुरस्कार झापा ११ फुटवल क्लवका अध्यक्ष जलकुमार गुरुङले दिने घोषणा गरे ।
अवार्ड वितरणका लागि मूल आयोजक समितिसहित विभिन्न नौ वटा उपसमिति गठन गरिएको छ । मञ्चले पत्रकार सम्मेलन गरी अघिल्लो वर्षको हिसाव पनि सार्वजनिक गरेको छ । मञ्चका कोषाध्यक्ष बुद्ध तामाङका अनुसार पहिलो कार्यक्रमबाट ७७ हजार रुपैयाँ बचत भएको छ । यस वर्षका लागि १२ लाख रुपैयाँ खर्च अनुमान गरिएको तामाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार