त्यो प्रसङ्गलाई मैले त बिर्सन चाहेको थिएँ तर तीन दिनपछि त्यस बिषयमा पत्रकार मित्र राजेश पराजुलीले शाखाध्यक्षको निम्तोमाथि जिज्ञासा राखेर ‘साँच्चि यो कार्यक्रममा के भयो ? केही समाचार पनि पढ्न पाइएन’ भनेर मेसेञ्जरमा राखेको देखें । उहाँले पनि केही सुइँको पाएर, यस्तो बिषय सार्वजनिक हुनु पर्ने भनेर घचघच्याएको हो कि जस्तो लाग्यो । एकछिन घोत्लिएँ, कुरा ठीकै हो भन्ने लाग्यो र त्यसैलाई आजको बिषय बनाउने निर्णय गरें ।
‘आज बेलुका छ बजे स्थानीय तहको कर सम्बन्धी गाउँपालिका महासंघका कार्यकारी निर्देशकले पत्रकारसँग छलफल गर्ने कार्यक्रम हाम्रो पोख्रेली होटलमा हुने जानकारी आएको छ । सबैलाई जानकारी र उपस्थितिका लागि अनुरोध छ । कार्यक्रममा स्थानीय तहका प्रमुखको पनि सहभागिता रहने जनाइएको छ ।’ पत्रकार महासंघ, इलाम शाखाध्यक्ष कोकिला ढकालको यस्तो सन्देश गए आइतबार बिहान मेसेञ्जरमा देखेपछि उत्सुकतावस यो पंक्तिकार पनि उल्लेखित स्थलमा निर्धारित समयमा उपस्थित भयो । सम्बन्धित बिषयमा महासंघको कुनै नीतिगत निर्देशन हुनसक्छ भन्ने लागेको थियो किनभने स्थानीय तहले मनोमानी तवरमा थोपरेका करका बारेमा प्रधानमन्त्रीले समेत चासो लिएको समाचारहरु आइरहेका थिए ।
पत्रकार साथीहरु भेला हुन थाले । पहिरोका कारण बाटो अवरुद्ध भएकाले विलम्व भएको जनकारी सहित केही समय प्रतिक्षा गर्न सम्बन्धितहरुबाट खबर आएको साथीहरु सुनाउँदै थिए । हामी गफिँदै बस्यौं । निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो ती भनिएका मानिसहरु कार्यक्रमस्थलमा आइपुगे । उनीहरुभन्दा केही अगाडि इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत आउनु भयो । नगरकै वडा नं. ४ मा पहिरो खसेकाले केही समय राजमार्ग अवरुद्ध भएको उहाँबाट जानकारी पाइसकेकाले आगन्तुकहरुसँग त्यस बारेमा कुरा भएन ।
उनीहरु आइपुग्नासाथ हामी सभाकक्षमा पस्यौं । परिचय भयो । त्यसपछि आपूmलाई गाउँपालिका महासंघको कार्यकारी निर्देशक र नाम विमल पोखरेल बताउने महाशयले कुरा सुरु गरे– मुलुकमा भरखर संघीयता लागु भएको छ । तीन तहमा सरकार बनेका छन् । सरकारको खर्चमा स्वाभाविक रुपमा बृद्धि भएको छ । सरकार चल्ने भनेको करबाट नै हो । त्यसैले स्थानीय सरकारले केही करमा बृद्धि गरेको छ । तर यसलाई लिएर सामाजिक सञ्जालमा तिललाई पहाड बनाएर लेख्न थालियो ।
उनले अगाडि भने, राष्ट्रिय सञ्चारमाध्यमहरुमा करबृद्धिलाई यसरी बढाइचढाइ गरियो भनिसाध्य छैन । मैले काठमाण्डू पोष्टको समाचारलाई तीन दिन लगातार हेरें । सुनियोजित तरिकाले सरकारलाई वदनाम गर्ने कुत्सित उद्देश्यका साथ समाचार आएको छ । संघीयतालाई बद्नाम गरिएको छ, षढयन्त्र गरिँदैछ । स्थानीय सरकारलाई कर लगाउने अधिकार छ । त्यसको ख्यालै नगरी तपाईंहरुले जे पायो त्यही लेख्नु भएन ।
पोखरेलजीले भनेका शब्द फरक होलान् तर भाव यस्तै थियो । आश्चर्यजनक कुरा त के थियो भने उनी हामीलाई पढाउने शैलीमा प्रस्तुत भइरहेका थिए, मानौं उनी पत्रकारिताका हाम्रा गुरु हुन् । उनको कुराले दर्शाउँथ्यो राजधानीबाट प्रकाशित सबै समाचार पत्रहरु इलामकै प्रतिनिधिहरुले सम्पादन गर्छन् । अझ उनको भनाइबाट त सामाजिक सञ्जालमा लेख्ने पनि सबै पत्रकार नै हुन् भन्ने भाव झल्किन्थ्यो ।
उनको आक्रोश तथा खेद मिश्रित त्यो उपदेशात्मक अनुशिक्षण उनकै छेउमा बस्नु भएका हाम्रा नगरप्रमुख पनि ध्यानले सुनिरहनु भएको दृश्य हेर्नलायक थियो । पोखरेलजीको एकांकी प्रलाप निकै लम्बेतान भएर कुरा दोहारिन थालेपछि नागरिककर्मी मित्र भीम चापागाईंजीलाई असह्य भयो क्यारे, उहाँले संयमतापूर्वक प्रतिवाद गर्नु भयो– तपाईंले सामाजिक सञ्जाल र पत्रपत्रिकाका समाचारलाई एकै ठाउँमा राखेर सुनाउनु भयो । तपाईंलाई थहा हुनु पर्ने हो सामाजिक सञ्जालमा लेख्ने सबै पत्रकार होइनन् । हाम्रो काम समाजमा भएका सत्य तथ्य घटनालाई संपे्रषित गर्ने हो ।
भीमजीले अगाडि भन्नुभयो– स्थानीय सरकारले केही करमा बृद्धि गरेको छ । यस्तो बृद्धि जायज भएन भनेर करदाताहरु असन्तुष्टि व्यक्त गरिरहेका छन् । त्यो यहाँ मात्रै होइन, अन्यत्रबाट पनि त्यस्ता समाचार आइरहेका छन् । हामीले नलगाइएको कर लगाइयो भनेर लेखेका होइनौ । जे भएको छ, त्यसमा मानिसका प्रतिक्रिया जे आएका छन्, तिनलाई हामीले संपे्रषित गरेका छौं । हाम्रो काम नै त्यही हो ।
शाखाध्यक्ष कोकिलाजीले पनि पोखरेलका आक्षेपको प्रतिवाद गर्नु भयो । अरु साथीले पनि केही कुरा थप्नु भयो । प्रसङ्गवस इलाम नगरपालिकाले पेट्रोलमा प्रतिलिटर पचास पैसा कर लगाएको कुरा उठ्यो । त्यो उठेपछि छलफलमा नगरप्रमुख पनि सरिक हुनुभयो र करबृद्धिको औचित्य पुष्टि गर्न थाल्नुभयो । उहाँले कर घटाइएका शीर्षकहरु पनि उत्साहपूर्वक हामीलाई श्रवण गराउनु भयो । करको विधि शास्त्रका कुरा पनि केही सुन्न पाइयो । पोखरेल र बस्नेतजीको साँठगाँठको अन्तरवस्तु हामीलाई थाहा भएन ।
पोखरेलजीको प्रस्तुतिकरण कुनै पनि दृष्टिबाट युक्तिसंगत थिएन । उनका आप्mना बुझाइ र आग्रह होलान् । उनले हाम्रा इलामकै सम्वाददाता कसैको, त्यसमाथि पनि त्यहाँ उपस्थितमध्येको, डिस्प्याचलाई लिएर आप्mनो प्रतिक्रिया दिएको भए त्यसको प्रतिवाद या प्रतिरक्षा गर्नु पर्ने अवस्था हाम्रो हुन सक्थ्यो । तर त्यस्तो केही उल्लेख उनी गरिरहेका थिएनन् । उनको कुराको सार थियो देशभरीका संचारमाध्यमले लगाउँदै नलगाएको करको बिषयलाई अनावश्यक उछालेर जनभावनालाई भड्काउने षयन्त्र भइरहेका छन् । यो षडयन्त्रको प्रायोजक तिमी पत्रकारहरु हौ ।
भनिन्छ नि, अन्याय गर्नु मात्रै अपराध होइन, त्यसलाई सहनु पनि अपराध सरह हो । पोखरेलजी हामीमाथि नैतिक अन्याय थोपरिरहेका थिए । त्यसैले यो पंक्तिकारले पनि उनका अभिव्यक्तिको प्रतिकार नगरिरहन सकेन । मैले भनें, तपाईंले हामी पत्रकारहरुले स्थानीय सरकारले गरेको करको बृद्धिको समाचार लेखेर संघीयतामाथि, मुलुकको राजनीतिक पद्धतिमाथि प्रहार गरिरहेका छौं भने जस्तो कुरा गर्नु भयो । यो लोकतन्त्रको माया तपाईंलाई भन्दा कम हामीलाई छैन । यो व्यवस्था ल्याउन हामीले पनि सघाएका छौं । यसका लागि हामी अग्र मोर्चामा रहेर लडेका छौं । बरु सरकारमा रहेकाहरुको गैरजिम्मेवार क्रियाकलापका कारण सिर्जित धमिलोपानीमा माछा मार्न कोही उद्यत पो होला कि, मुलुक पुनः अस्थिरतातिर धकेलिन्छ कि भन्ने चिन्ता हामीलाई छ ।
संयोग, अघिल्लो दिन स्थानीय दैनिकमा मेरो नियमित स्तम्भमा मैले नगरपालिकाले गरेको करबृद्धिकै कुरालाई लिएर लेखेको थिएँ । करको केही पक्ष अन्यायपूर्ण भएको सप्रमाण तर्क प्रस्तु गरेको थिएँ । त्यही कुरा उनलाई सुनाउँदै भने, पाँच सात बर्षदेखि बार्षिक दुई सय रुपियाँ तिरेका ठाउँमा मालपोतका नाममा छ सात हजार बढी तिर्नु पर्ने अवस्था न्यायसंगत छ त ?
संगसंगै मैले के पनि थपें भने, हाम्रो नगरपालिकाले लगाएको कर हो । हाम्रा प्रतिनिधिले गरेको निर्णय हो । त्यो निर्णय हामीलाई चित्त बुझेन भने हामी हाम्रै प्रतिनिधिसँग बसेर छलफ गर्छौं । हामी आपैm समाधान खौज्छौं । म जत्तिको नागरिक आप्mना ठाउँको समस्याको पाटो होइन समाधानको हिस्सा बन्नु पर्दछ भन्ने हेक्का मलाई छ । त्यस बिषयलाई लिएर मैले मेयर साहबलाई कुरा राखिसकेको छु । उहाँ यहीँ हुनुहुन्छ । हामी पुनरावलोकन गर्दैछौं भन्नु भएको छ ।
मैले थपें, यस्तोमा स्थानीय अवस्था नबुझिकन, बिषयको समुचित जानकारी नलिइकन, एउटै डालोमा राखेर हामीलाई पद्धतिकै बिरुद्धमा षडयन्त्र गर्दैछौ भनेजस्तो जुन आक्षेप तपाईले लगाउँदै हुनुहुन्छ त्यो सरासर नाजायज छ । म तपाईंलाई सचेत गराउँछु, कृपया अन्यत्र गएर हामीजस्तै साथीहरुमाझ यस्ता गलत कुरा नराख्नु होला । यसले तपाईंलाई पनि भलो गर्दैन ।
झण्डै नौ बज्न लागिसकेको थियो होला । हामी सबै क्षुब्ध भएका थियौं । थकान थियो, भोकले पनि चापेको थियो । ज¥याक जुरुक उठ्यौं । उनीहरुले हाम्रा लागि पनि खानाको व्यवस्था गरेको रहेछ । हामीले त्यसलाई अस्वीकार ग¥यौं । बाहिर निस्कँदै गर्दा होटेलका सञ्चालकले खाना तयार छ भन्दै हुनुहुन्थ्यो तर हामी नसुनेजसरी निस्कियौं ।
घरमा पुगेर खाना खाँदैगर्दा सम्भेंm होटल सञ्चालक मित्रले आज हामीलाई के सम्झिए होला ? भित्र सभाकक्षका सम्वादहरु उनले सुनेको थिएन । त्यहाँ विकसित क्रुद्ध वातावरणका बारेमा उनलाई केही जानकारी थिएन । साथीहरु आज किन बटारिए भन्ने लाग्यो होला । फेरि आपैmले आपैmलाईं भनें, ठीकै छ, भोलि भोलि कुरा गरौंला ।
तर लाग्यो, राम्रै भयो । कुराकानी सौहार्द वातावरणमा भएको भए हामी त्यहाँ खाना खाने थियौं । त्यो खानाको मोल तिनले तिर्ने थिए । त्यसको स्रोत कस्तो थियो । कतै त्यो गलत थियो भने त्यसको दोष हामीलाई पनि लाग्ने थियो । हिन्दी कहावत सम्झिएँ, भगवान जो करता है ठीक ही करता है ।