इलाम भयो गुराँसको देशकै पहिलो उपशाखा

उत्कृष्ट क्षेत्र, शाखा र उपशाखामा पनि रातो गुँरास क्षेत्रकै पकड

  सरलपाटी सम्वाददाता

 3844 पटक हेरिएको

इलाम । गुराँस लाइफ इन्स्योरेन्सको इलाम उपशाखा देशभरमा पहिलो उपशाखा घोषित भएको छ । बन्दीपुरमा शाखा प्रवन्धकहरुको सम्मेलनमा गुराँसका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले इलाम उपशाखालाई पहिलो उपशाखाको अवार्ड प्रदान गरे । उपशाखाले देशभरमा सवैभन्दा बढि पहिलो प्रिमियम संकलन गरेर पहिलो भएको हो । गत वर्षमा समेत इलाम उपशाखा कम्पनीको पहिलो उपशाखाको रुपमा पुरस्कृत भइसकेको उपशाखा प्रमुख अर्जुन पोख्रेलले जानकारी दिए ।

गुराँसको क्षेत्रीय कार्यालयहरु मध्येबाट रातो गुराँस क्षेत्रको क्षेत्रीय कार्यालय विर्तामोड पहिलो भएको छ । क्षेत्रीय कार्यालयहरुमध्येबाट सवैभन्दा बढि  प्रिमियम संकलन गरेर रातो गुराँस क्षेत्र क्षेत्रीय कार्यालय विर्तामोड पहिलो भएको हो । इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अकिधृत नारायण कुमार भटट्राईले क्षेत्रीय प्रमुख गिरधर श्रेष्ठलाई अवार्ड प्रदान गरेका हुन् ।

यसैगरि गुराँसको शाखा कार्यालयहरुमध्येबाट विराटनगर शाखा कार्यालय पहिलो भएको छ । शाखाले देशभरमानै बढि  प्रिमियम  संकलन गरेको हो । शाखाको तर्फबाट जितेन्द्र क्षेत्री सुवेदीले अवार्ड लिएका थिए । 

गुराँसको इलाम उपशाखामा कार्यरत पवित्रा भुजेल देशभरबाट उत्कृष्ट दोस्रो कर्मचारी घोषित भएकी छिन् । कम्पनीले दिएको लक्ष्यमा दुई सय १० प्रतिशत उपलब्धी हासिल गरेर पवित्रा उत्कृष्ट दोस्रो भइन् । गुराँसको पोखरा शाखाका श्याम कुमार तिम्सिना उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत भएका छन् । उनले लक्ष्यको दुईसय २४ प्रतिशत उपलब्धी गरेका थिए । इलाम उपशाखाका प्रमुख अर्जुन पोख्रेल कम्पनीले दिएको लक्ष्य प्राप्त गरेर पुरस्कृत भएका छन् । पहिलो उपशाखाको रुपमा पुरस्कृत इलाममा एक सय ३० जना अभिकर्ता भएको पोख्रेलले जानकारी दिएका छन् ।

यस्तै कम्पनीले निर्धारण गरेको लक्ष्य पुरा गर्ने कर्मचारीहरु मध्ये क्षेत्रीय कार्यालय विर्तामोडकी मन्दिरा गौतम, धरान शाखा कार्यालयकी शाखा प्रमुख लतिका श्रेष्ठ पुरस्कृत भएका छन् । रातो गुँरास क्षेत्रबाट क्षेत्रीय कार्यालय, शाखा कार्यालय र उपशाखा समेत देशमा पहिलो स्थान हासिल गर्न सकेकोमा रातो गुराँस क्षेत्र विर्तामोडका क्षत्रीय प्रमुख गिरधर श्रेष्ठले खुशी ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार