
इलाम ।चुलाचुलीको वडा नम्बर–१ कमल क्षेत्रका किसानले चार वर्ष अघिसम्म २० रुपैयाँ लिटरका दरले ग्वालालाई दूध बेच्नुपर्थो । ग्वालासंग पटक–पटक मोलमोलाई गरेर अहिले ४० रुपैयाँमा दूध बेच्दै थिए । ग्वालाले बेलामा पैसा पनि नदिने । कुनै दिन ‘आज क्यानमा ठाउँ खाली छैनÕ भन्दै ठिक्क पारेको दूध पनि छाडिदिन्थ्यो । पैसा पनि चित्तबुझ्दो नपाइने । दूध बिक्छ भन्ने निश्चित नहुँदा किसानले ब्यवसायि रुपमा पशुपालन गरेका थिएनन् । खाएर उब्रिएको एक दुई लिटर ग्वालालाई दिन्थे । कमाई राम्रो हुने कुरै भएन । तर, अहिले कमलका किसानको यस्तो चिन्ता दुर भएको छ । अघिल्लो वैशाखदेखि अन्नपूर्ण कृषि सहकारीले दूध संकलन केन्द्र राखेपछि किसानलाई सहज भएको छ । दूधको मूल्य पहिलेको भन्दा राम्रो पाउँछन् । सरदर ५० रुपैयाँका दरले सवैको दूध बिक्छ । त्यसमा गुणस्तर राम्रो भएका दूध अझै बढि मुल्यमा विक्री हुन्छ । अन्नपूर्ण सहकारीले दूध संकलन केन्द्र राखेपछि किसाने उत्पादन गरेको दूध विक्ने निश्चित भएको छ । दूध विक्री हुन थालेपछि एक दुई माउ पालेर जीवन चलाउन मात्रै होइन करोडौको लगानी गरेर फर्म समेत खुल्न थालेका छन् । एक दुई माउ गाईपाल्ने किसानदेखि ठूलो लगानी गरेर गाईभैसी फर्म खोल्ने किसानले अन्नपूर्ण कृषि सहकारीकोको साहारा पाएका छन् ।

चार करोडको फर्म
इलामको चुलाचुलीमा गाई र भैसी पालनको लागि फर्म स्थापना गरिएको छ । निर्माणाधिन अवस्थामानै रहेको चुलाचुली बहुउद्देश्यी फर्म प्रालिमा अहिलेसम्म एक करोड रुपैयाँ लगानी भइसकेको छ । फर्म पुरागर्दा चार करोड ७० लाख रुपैयाँ लगानी हुने व्यवसायिहरु बताउँछन् । फरक पेशा व्यवसाय गर्दै आएका स्थानीय पाँच जनाले करोडौ लगानीमा ठूलो फर्म स्थापना गरेर पशुपालन थालेका हुन् । स्थानीय प्रेम प्रसाद पौडेल, शेष बहादुर श्रेष्ठ, राजन सुवेदी, सन्तोष कुमार शर्मा र खगेन्द्र पौडेलले फर्ममा लगानी गरेका छन् । ६० वटा गाईभैसी आट्ने फर्ममा अहिले १४ वटा भैसी र चार माउ गाई छन् । ती गाईभैसीबाट दिनको ७० देखि ८० लिटरसम्म दुध दुहिरहेका छन् । दूध अन्नपूर्ण कृषि सहकारी संस्थालाई विक्री गर्छन ।
६० वटा गाईभैसी अटाउने संरचना तयार पारिएको छ । गाईभैसी थप्नेक्रम चल्दैछ । आठ बिघा जग्गा लिएर उनीहरुले पशुपालन थालेका हुन् । जग्गाको बैना मात्रै गरिएकाले पुरै पैसा दिदा चार करोड ७० लाख रुपैयाँ खर्च हुने फर्मका अध्यक्ष प्रेम पौडेलले बताए । पर्ममा ८० हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्मका दरले भैसी किनेर पालेका छन् । फर्ममा पालिएको गाईको दाम ६० हजार रुपैयाँ हाराहारी परेको छ । थारिदा गाईभन्दा भैसीको बढि मुल्यमा विक्री हुने भएकाले धेरै भैसी पालेको ब्यवसायी बताउँछन् । ‘गाई थारियो भने १० हजार मुनिको हुन्छ, भैसी थारिए ५० हजार जतिमा बिक्छÕ–पौडेल भन्छन्–‘भैसी गाईभन्दा अलि कम विरामी हुने भएकाले टिकाउ हुन्छ, जोखिम पनि धेरै हुँदैन ।Õ
अहिले चुलाचुली बहुउद्देश्यीय गाई फर्ममा लगानी गर्ने मध्येका एक प्रेम पौडलले २०७० सालदेखिनै एक्लै एकल गाई फर्म चलाएका थिए । तर, दूधको मुल्य राम्रो थिएन । ‘यहाँ अरुले २० रुपैयाँले ग्वाललाई दूध दिन्थे, मैले ३० रुपैयाँ दिने भएमात्रै दूध दिन्छु भनेपछि ग्वालाले ३० रुपैयाँ नै दिनथाल्योÕ–उनि विगत सम्झदै भन्छन्–‘तर दूध बेच्नलाई सजिलो थिएन, कोही बेला दूध लिनै नआउने, कोही बेला ट्यामी (क्यान) खाली छैन भनेर दूध नलाने समस्या थियो, अहिले सहकारीले संकलन केन्द्र राखेपछि दूध नबिक्ला भन्ने चिन्ता छैन ।Õ
सहकारीले दूध संकलन केन्द्र राखेपछि ४० रुपैयाँले बेच्दै आएको दूधको दाम ६६ रुपैयाँ सम्म पाएको पौडेलले सुनाए । सहकारीले राम्रो मूल्य दिनथालेपछि कमलका सवैले सहकारीलाई दूध दिन थालेका छन् । वैशाखदेखि शुरु गरिएको संकलन केन्द्र मार्फत कमलका ७० जना किसानको दूध संकलन भइरहेको अन्नपूर्ण कृषि सहकारी संस्थाका अध्यक्ष विष्णुभक्त पोख्रेलले बताए । उन्नती समावेशी बृद्धि कार्यक्रमसंगको साझेदारीका सहकारीले दूध संकलन गर्न पिकअप खरिद गरेको छ ।

स्नाकोत्तर गरेर गाइपालनमा
चुलाचुली–१ का उत्तम कुमार योङहाङ लिम्बु काठमाडौंमा क्याम्पस पढाउँथे । महिनाको ४० हजार कमाई हुन्थ्यो । अध्यापन छाडेर लिम्बुवानको राजनीतिमा होमिए । पार्टीको केन्द्रीय महासचिवसम्म भएपछि उनलाई राजनीति प्रति वितृष्णा पलायो । अध्यापन गरेर जोहो गरेको रकम राजनीतिमा लागेपछि सकियो । गाउँ फर्केर ब्यवसाय गर्न चाहान्थे तर हातमा सुको थिएन । अर्को, के व्यवसाय गर्ने भन्ने दोधारमा छ महिना जति बित्यो । गाइपालन गर्न सहकारीका सदस्यले सुझाएपछि उनी पनि सहकारीमा आवद्ध भएर गाइपालनमा लागेका छन् । ‘पहिले सवैले विग्रियो भन्थे, घर आएर व्यवसाय गर्छु, गाईपाल्छु भन्दा सवै छक्क परे, शुरुमा कसैले पत्याएनन्Õ–उनले शुरुवाती दिनको सम्झना गर्दै भने–‘गाइ ल्याउने वित्तिकै आम्दानी हात लाग्ने भएकाले गाई पाल्ने निर्णयमा पुगेको हुँ ।Õ योङ्गहाङ्गले अहिले बाह्रवटा गाई पालेका छन् । दिनको ४० लिटर दूध बेच्छन् । ‘बढिमा सय लिटर सम्म दूध बेचेको छुÕ– योङहाङल भने–‘अहिले एक कुनै गाई थारिएका छन्, त्यही भएर घटेको हो ।Õ
शुरुमा दूध बेचेर भएको आम्दानी घाँस र दानामा नै धेरै खर्च हुन्थ्यो । अहिले घाँसको दूख छैन । उनको आफ्नै चार विघा जग्गा छ । त्यसमा घाँस लगाएका छन् । अरु तीन विघा जग्गा पनि घाँसकै लागि लिजमा लिएका छन् । घाँसको दूख टरेको । ‘अहिले म गाईभैसीलाई हरियो घाँसैले पु¥याउँछुÕ–उनि थप्छन्–‘घाँस काटेरै कहिल्यौ सकिदैन ।Õ उनले नेपियर, स्टाइलो, टियोसेन्टी, सुडान, मलाटो, सिराइटो, सेटेरिया लगायतका दूधालु र आधुनिक घाँस लगाएका छन् ।
शुरुमा १५ वटा गाईभैसी थियो । अहिले बाह्रवटा छ । उनले दिएको सय लिटर सम्म दुध बेचेका छन् । गाईभैसीको स्याहार सुसार गर्न एक जना कामदार राखेका छन् । सय लिटर बेच्दा सवै खर्च कटाएर ४० हजार जति बचत हुने गरेको उनले बताए । ‘बजारमा समस्या आएन भने गाईपालनमाबाट राम्रो आम्दानी हुन्छÕ–योङहाङ भन्छन् । शुरुमा २० लाख रुपैयाँ लगानी गरेर गाईपालन थालेका योङहाङले लगानी थपेर फर्म बढाउँदैछन् । उनले अहिले ८० वटा गाइ अटाउने अर्को गोठ बनाएका छन् । पाँच प्रतिशत ब्याजमा प्रभु वैंकबाट ३० लाख रुपैयाँ ऋण लिएर उनले व्यवसाय विस्तार गर्न लागेका हुन् । नयाँ गोठमा गाई ल्याएपछि उनले दैनिक दुई सय लिटर दूध वेच्ने लक्ष्य राखेका छन् ।
परिवारसहित गाईपालन गरिरहेका योङहाङ पहिलेभन्दा सन्तुष्ट छन् । ‘अरुको अण्डरमा चल्नु पर्दैन, जति मेहेनत ग¥यो, त्यती कमाई हुन्छÕ–उनले भने–‘व्यवसाय गरेर म सन्तुष्ट छु ।Õ दूध बेचेर मात्रै होइन गोबरबाट पनि आम्दानी गर्छन । गाइभैसीको गोबर र गहुँत संकलन गर्न छुट्टै ब्लक बनाएका छन् । त्यसरी राखेको मल गुणस्तरको आधारमा सात रुपैयाँ किलोका दरले विक्छ । ‘मलको पिएचको आधारमा विक्छÕ–उनले भने–‘एक सिजनमा डेढ लाख रुपैयाँको मल बेचेको छु ।Õ

ब्यपारले कंगाल, गाइपालेर महिनाको ८० हजार
चुलाचुली गाउँपालिका–३ पेल्टिमारिका देउमान गिरीले अघिल्लो वर्षको साउन महिना अघिसम्म झापाको शनिश्चरेमा हार्डवेयर पसल सञ्चालन गरे । ८० लाख रुपैयाँ लगानी गरेर आठवर्ष पसल गर्दा नाफा त के झण्डै सावा नै डुब्यो । बाँकी बक्यौताले पसल राम्ररी सञ्चालन गर्न नसकेपछि उनले किस्ताबन्दीमा दाम पाउने शर्तमा पसल विक्री गरेर घर फर्किए, पुर्खेली पेशा पशुपालन गर्न । गाउँ फर्केर उनले व्यवसायिक रुपमा गाईपालन थाले । घरमा दुइवटा गाई छदैथ्यो । गाउँको अन्नपूर्ण सहकारी संस्थाबाट दूग्धजन्य पशुपालनको लागि एक लाख ५० हजार रुपैयाँ विना धितो ऋण निकालेर अरु दुईवटा गाई किने । त्यसलाई राम्ररी स्याहार चाकर गर्न थाले । उनको गोठमा छ वटा गाईछन् । कमाई हार्डवेयर पसलभन्दा पशुपालनबाटै राम्रो छ ।
देउमान गिरी विहान बेलुकै दूध लिएर चार किलोमिटर टाढाको दूध संकलन केन्द्रमा पुछन् । उनी आफ्नो मात्रै होइन छिमेकीको दूध समेत मोटरसाईकलमा लगाएर संकलन केन्द्र पु¥याउँने गरेका छन् । पेल्टिमारीमा सहकारीको दूध संकलन केन्द्र नभएर छिमेकीलाई सहयोग गरेका हुन् । चार माउ गाई पालेका गिरीले दिनको ४० लिटर दूध सहकारीको संकलन केन्द्र मार्फत बेच्दै आएका छन् । उनले ५० रुपैयाँ लिटरका दरले दूधको मुल्य पाउँछन् । ‘महिनामा ८०÷९० हजारको दूध हुन्छÕ–गिरीले भने–‘खर्च कटाएर महिनाको ३५÷४० हजार जति आफूलाई हुन्छ ।Õ गाईपालन थालेदेखि उनले धान खेती पनि अरुलाईनै जिम्मा लगाएका छन् । चार विघा जग्गा मध्ये एक विघामा घाँस लगाएका छन् । एक विघा आफूलाई खान पुग्ने खेती गर्छन् । दश कठ्ठामा रुख लगाएका छन्, बाँकी जग्गा खेतीका लागि अर्कैलाई जिम्मा दिएका छन् । ‘खेती गर्दा गाईपालन जस्तो पोसाउँदैनÕ–उनले भने–‘पाँच छ माउँ गाई दुइ जनाको परिवारले सुविस्ताले पाल्न सकिन्छ ।Õ गाईसंगै उनले बाख्रा पनि पालेका छन् । गाईकै घाँस खोले बाख्रालाई दिनेगरेका छन् । त्यसबाट बर्षको एक डेढ लाख रुपैयाँ बाख्राबाटै कमाई हुन्छ । ‘भर्खरै दुईवटा खसि र ११ बोका एकैपटक बेचे डेढ लाख रुपैयाँमाÕ–उनले भने–‘त्यो फाउको कमाइजस्तो हो ।Õ
गिरी ब्यपारभन्दा पशुपालनमानै सन्तुष्ट छन् । ‘ब्यपारले झण्डै जोगी बनायोÕ–उनी हास्दै भन्छन्–‘गाइले फापेकै छ ।Õ तर उनलाई पेल्टीमारिमानै संकलन केन्द्र भइदिए हुन्थ्यो जस्तो लाग्छ । चाजु खोलामा पुल नभएकाले अन्नपूर्णको सहकारीको पिकअप पेल्टिमारी पुग्दैन । संकल केन्द्र नहुँदा पेल्टिमारीका करिव तीन सय किसान ग्वालाकै भर पर्नुपर्ने अवस्था छ ।

बृद्धको साहारा गाई
धनि प्रसाद लुइटेल अन्नपूर्ण कृषि सहकारी संस्थाको दूध संकलन केन्द्रमा दूध ल्याउने मध्येका सवैभन्दा बृद्ध हुन । ७९ वर्षिय लुइटेलको गाइपालनबाटै जीवन चलेको छ । चुलाचुलीमा गाइ पालन गर्नुअघि उनी दमकमा ब्यपार गर्थै । बाँकीले ब्यवसाय चौपट भयो । घरपनि खोलाले बगाएपछि उनी घर न घाटका भए । चुलाचुलीमा आएपछि उनले अन्नपूर्णबाट ऋण लिएर गाईपालन थालेका हुन् । सहकारीले चिस्यान केन्द्र राखेपछि दूधको मोल पनि राम्रो पाएका छन् । ‘दूध बेचेरै जसोतसो चलेको छÕ–उनले भने–‘यहीबाट पैसा निकालेर गाई किन्छु, दूध यही बेच्छु, यो उमेरमा पनि गाइपालेरै खान पुग्दैछ ।Õ

ग्वालाले सताउँथ्यो, अहिले ढुक्क
चुलाचुली १ का यज्ञ प्रसाद काफ्ले एक दुई माउ गाई पाल्थे । तर उनलाई ढुक्कले दूध बेचिएला भन्ने थिएन । कहिले ल्याउँदै गरेको दूध ग्वालाले छाडेर हिड्थ्यो । कहिले ट्यामी (क्यान) खाली छैन भन्थ्यो । ग्वालाले दूध लिन इन्कार गरेका दिन बेच्न लिएर हिडेको दूध घरै लिएर फर्किदा मनै खिन्न हुन्थ्यो । अहिले त्यस्तो पीडा छैन । सहकारीको संकलन केन्द्रमा पु¥याएको दूध बिक्छ । दाम पनि पहिलेको भन्दा बढिनै पाएका छन् । एक साँझको दूधले गाइको खर्च पुग्छ, अर्को साँझकोले आफूलाई खानलाई पुग्ने गरेको उनले बताए ।

सहकारीको साहारा
चुलाचुलीको अन्नपूर्ण कृषि सहकारीले २०७१ सालको वैशाखदेखि किसानको दूध संकलन थालेको हो । पाँच सय लिटरको चिस्यान केन्द्रले सात महिना धानेन । मंसीरमा एक हजार लिटर क्षमताको बनाइयो । तर, भवन सानो र जिर्ण थियो । काम गर्न सजिलो थिएन । साँझ विहान दूध ल्याउने किसानको भीड हुन्थ्यो । सहकारीले अहिले तालिम हल सहितको चिस्यान केन्द्रको भवन बनाएपछि सहज भएको छ । दूध संकलन गर्न मात्रै होइन पशुपालनको लागि तालिम गराउँदा समेत अन्यत्र जानु पर्दैन । पहिले स्कुलको भवनमा तालिम हुन्थ्यो । शनिबार बाहेक तालिम गराउन सम्भव थिएन। अहिले जुनै दिन तालिम राखेपनि फरक पर्दैन, स्कुललाई गुहार माग्नुपर्ने झण्झट टरेको छ । उन्नती समावेशी बृद्धि कार्यक्रसंगको साझेदारीमा भवन निर्माण गरिएको हो । चिस्यान केन्द्र सुदृढिकरण परियोजनामा उन्नतीको ३८ लाख ५२ हजार दुई सय ५९ रुपैयाँ अनुदान दिएको छ । त्यसमा सहकारीले ३२ लाख १२ हजार दुई सय ५९ रुपैयाँ साझेदारी गरेर ७० लाख ६४ हजार पाँच सय १८ रुपैयाँमा एक तले भवन सहित एउटा फिकअप समेत खरिद गरिएको सहकारीका अध्यक्ष विष्णुभक्त पोख्रेलले जानकाए । पिकअप किनेपछि कमलका ७० जना किसानको दूध संकलन बढेको छ ।
चाँजु खोला पारिएको पेल्टिमारीबाट समेत चाडै दूध संकलन शुरु गरिएको अध्यक्ष पोख्रेलले बताए । ‘चाजु खोलामा पुल नहुँदा पेल्टिमारीका किसानले दूध बेच्न पाएका छैनन्Õ–उनले भने–‘हामी झापाको दकम हुँदै रतुवा खोलाबाट दूध ल्याउने गरि संकलन केन्द्र राख्ने तयारीमा छौ ।Õ पेल्टिमारीको संकलन केन्द्रबाट तीन सय किसानको दूध ल्याउन सकिने उनले बताए । चिस्यान केन्द्र सुदृढिकरण परियोजनाबाट भवन निर्माण र पिकअप खरिदसंगै २० थान क्यान, एउटा मिल्क एनेलाइजर किनेको सहकारीले जनाएको छ । मिल्क एनालाइजर थपिएपछि कमलको चिस्यान केन्द्रमा दूध ल्याउने किसानको गुणस्तर मापन गर्न सजिलो भएको छ । त्यस्तै पाँच सय लिटरको डिभ फ्रिज खरिद गरेका छन् । त्यसमा दूध बढि संकलन भएको बेला राख्ने गरेका छन् ।
सहरकारीले परियोजना मार्फतनै ५० जना किसानलाई आधा छुटमा च्यापकटर वितरण गरेको छ । ५० जना किसानलाई गोठ सुधारको लागि १० हजार रुपैयाँका दरले अनुदान दिएको अध्यक्ष पोख्रेलले जानकारी दिए । त्यसमा किसानले १० हजार थपेर गोठ सुधार गरेका छन् । ‘गोठ सुधारको लागि कार्यक्रम चलाएपछि गाइबस्तु विरामी हुने, थुनेलो रोग लाग्ने समस्या कम भएको छÕ–अध्यक्ष पोख्रेले भने–‘अनुदानले किसानलाई गोठलाई सफा राख्न प्रेरित गरेको छ ।Õ दुई सय किसानलाई ब्यवसायिक पशुपालन र उन्नत घाँस खेती सम्बन्धि तालिम गराएका छन् । तालिम पछि घाँसको व्यवस्थापन गर्न सहज भएको उत्तम लिम्बुले बताए ।

अन्नपूर्ण कृषि सहकारीले दूधजन्य पशुपालनको लागि अनुदाननै अनुदानको ब्यवस्था गरेको छ । गाइभैसी पालेर सदस्यलाई व्यवसायिक बनाउन उसले यस्तो कार्यक्रम लागु गरेको हो । सहकारीका सेयर सदस्यले दुईवटा गाई या भैसी किन्नको लागि अनुदान पाउने गरेका छन् । दश प्रतिशत ब्याजमा एक लाख ३० हजार रुपैयाँसम्म किसानलाई अनुदान दिने ब्यवस्था छ । (अरु ब्यवसायका लागि ऋण लिदा १२ प्रतिशत तिर्नुपर्छ ।) गाइभैसी किन्नको लागि ५१ जना किसानलाई विना धितो ४३ लाख पाँच हजार रुपैयाँ ऋण लगानी गरिएको छ । दूधजन्य पशुपालनको लागि लिएको ऋणको किस्ता किसानले दूधको रकमबाटै तिर्न पाउने व्यवस्थाले किसानलाई पनि सजिलो छ । लगानी डुब्ला भन्ने चिन्ता सहकारीका सञ्चालकलाई हुँदैन ।
सहकारीबाट ऋण लिएर किनेको गाइभैसीको अनिवार्य विमा गर्नुपर्छ । त्यसरी बिमा गर्दा लाग्ने प्रिमियमको आधा रकम सहकारीले ब्यहोर्दिने गरेको छ । अघिल्लो आर्थिक वर्षमा मात्रै ५१ वटा गाइभैसीको बिमाको प्रिमियको आधा रकम दिइएको सहकारीले जनाएको छ । कृतिम गर्भधान गर्दा लाग्ने रकमको आधा सहकारीले ब्यहोरिदिने गरेको छ । नश्ल सुधारलाई प्रोत्साहित गर्न अनुदानको अभियान चलाइएको सहकारीका अध्यक्ष पोख्रेलले बताए । सहकारीले किसानलाई पौचो स्वरुप घाँसको विउ दिने गरेको छ । ‘घाँसको उत्पादन बढाउन जै घाँसको बिउ दिन्छौÕ–अध्यक्ष पोख्रेलले भने–‘अर्को वर्ष पैचो स्वरुप घासको विउ फिर्ता दिनुपर्छ, एटा किसानले बिउ पिर्ता गरेपछि अर्को किसानले पाउँछ ।Õ किसानले उत्पादन गरेको घाँसको बिउ पनि सहकारीले ४५ रुपैयाँ किलोका दरले सहकारीले खरिद गर्ने गरेको छ ।
सहकारी स्थापना गर्दा ३२ जना सदस्य थिए । अहिले तीनसय दुई जना सदस्य छन् । ४८ लिटरबाट शुरु भएको दूधको कारोबार अहिले हजार लिटर हाराहारी छ । सहकारीमा संकलन भएको दूध तीनवटा डेरीलाई विक्री गर्नेगरेका छन । इटहरीको कमधेनु डेरीलाई दुईसय ५० लिटर, विराटनगरको शिवम् डेरीलाई पाँच सय लिटर र काकरभिट्टाको एनएमसी डेरीलाई दुईसय ५० लिटर दूध विक्री गर्छ । सम्झौता भन्दा बढि दूध भएपनि डेरीले लगिदिने गरको । ‘तीन वटा डेरीसंग सम्झौता भएकाले दूध बेच्न समस्या छैनÕ–सहकारीका अध्यक्ष पोख्रेलले भने–‘यो पटक मिल्क होलिडेमा पनि समस्या आइपरेन ।Õ
जेठ मसान्तसम्ममा सहकारीको शेयर पुजीँ ५१ लाख ३७ हजार रुपैयाँ पुगेको छ । विभिन्न शिर्षकको कोषमा ५० लाख ७० हजार दुई सय ४२ रुपैयाँ रकम छ । सहकारीले ८७ लाख १७ हजार नौ सय रुपैयाँ निक्षेप संलन गरेको छ भने एक करोड २० लाख ८ हजार रुपैयाँ ऋण लगानी गरेको छ । जेठ मसान्तसम्मा २१ लाख ३२ हजार रुपैयाँ नाफा छ । बचतमा भने ब्याज दिन बाँकी रहेको सहकारीका ब्यवस्थापक अग्नी प्रसाद गौतमले जानकारी दिए ।


2081 पटक हेरिएको 






