इनरुवा । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षले आरक्षका जङ्गली जनावरबाट पीडित परिवारलाई क्षतिपूर्ती उपलब्ध गराएको छ ।
आर्थिक वर्ष २०७४-७५ मा जङ्गली जनावरबाट पीडित परिवारलाई एक करोड १४ लाख १८ हजार क्षतिपूर्ति दिएको आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए ।
आरक्षका जनावरको आक्रमणबाट मृत्यु भएका पाँच परिवारलाई प्रतिपरिवार १० लाखका रुपैयाँ दरले ५० लाख रुपैयाँ, घाइते १८ जनालाई १३ लाख ४३ हजार रुपैयाँ , घर गोठ र अन्न नष्ट भएका १९४ परिवारलाई १९ लाख ६६ हजार रुपैयाँ , बालीनाली नष्ट भएका ४६१ परिवारलाई ३१ लाख सात हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको हो ।