नेकपा इलामको पदीय बाँडफाड टुङ्गो लाग्यो, अध्यक्षमा केसी र सचिवमा लावती

  सरलपाटी सम्वाददाता

 752 पटक हेरिएको


इलाम।नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कमिटी तथा क्षेत्र र स्थानीय तहका कमिटीको नाम टुङ्गो लागेको छ ।
जिल्लामा पार्टी एकता गर्न बनेको कार्यदलले एकताको प्रतिवेदन तयार पारेर भीम आचार्यलाई बुझाएको छ । कार्यदलमा नेकपाका केन्द्रीय सदस्य तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सांसद धिरेन्द्र शर्मा, पूर्व एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर राना, पूर्व माओवादीका जिल्ला इन्चार्ज हर्क (कान्छा) लावती रहेका थिए । उनीहरुले एकताको मोडल र संख्यासहित प्रतिवेदन तयार बनाएर केन्द्रमा बुझाएका हुन् ।
जिल्ला कार्यालयमा ९ जना रहने छन् । त्यसमा ५ जना पूर्व एमालेबाट र ४ जना पूर्व माओवादीबाट रहेन छन् । स्रोतका अनुसार पार्टीको अध्यक्षमा पूर्व एमालेबाट अध्यक्ष र पर्व माओवादीबाट सचिव बन्ने छन् ।
स्रोतका अनुसार नेकपाको जिल्ला अध्यक्षमा पूर्व एमालेका उपाध्यक्ष भक्त केसी सिफारिस भएका छन् । यसरीनै सचिवमा पूर्व माओवादीका जिल्ला इन्चार्ज हर्क (कान्छा) लावती सिफारिस भएका छन् ।
यसरीनै जिल्ला सचिवालय ४५ जनाको बन्ने छ । यसमा पूर्व एमालबाट ३० र पूर्व माओवादी केन्द्रबाट १९ जना रहने छन् । जिल्ला कमिटी भने एक सय ४५ सदस्यीय बन्ने छ । जसमा पूर्व एमालेबाट ९४ र पूर्व माओवादी केन्द्रबाट ५१ जना रहने छन् । जिल्ला कमिटी सदस्यमा दुवै तर्फका जिल्ला कमिटीमा रहेका सदस्यहरु र केही नयाँ सदस्य थप गरिएको स्रोतको दाबी छ ।
यसरी नै दुवै प्रतिनिधि सभा क्षेत्रीय कमिटीको अध्यक्ष पूर्व एमाले र सचिव माओवादी रहने छन् । प्रदेशसभा क्षेत्रीय कमिटीमा पूर्व एमाले र माओवादी केन्द्रबाट २–२ जनाले नेतत्व गर्ने टुङ्गो लागेको छ । स्थानीयतहरुमा ८ मा संयोजक र ३ मा सचिव पूर्व एमालेबाट र २ तहमा पूर्व माओवादी केन्द्रबाट संयोजक र ७ तहमा सचिव हुने गरेर प्रतिवेदन बुझाइएको जनाइएको छ ।
जिल्ला कमिटीमा रहने प्रायः सबैको नामावली समेत बुझाई सकिएको भएपनि सार्वजनिक भने गर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार