कर बुझेको कर्मचारी स्थानीय तहमा नहुँदा समस्या: प्रमओली

  सरलपाटी सम्वाददाता

 518 पटक हेरिएको


काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा संघीयता कलिलो प्रणालीका रुपमा रहेकोले यसको सवलीकरणका लागि सबैले मेहनत गर्नुपर्ने बताएका छन् ।
संघीय संसदका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र सातै प्रदेशका सभामुख, उपसभामुखसँग आफ्नै निवास बालुवाटारमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
‘कुनै पनि भौतिक संरचना निर्माण गरेर ढलान मजवुद हुनका लागि पनि कम्तीमा तीनहप्ताको समय चाहिन्छ । यस समयमा टेकोको साहारा लिनु पर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘कलिलो अवस्थाको हाम्रो संघीयताको टेको खुस्काउन अहिलेदेखि नै प्रयासहरु भएका छन् । यस्ता प्रयासलाई परास्त गर्नु पर्दछ ।’
स्थानीय तहले लगाएको करको बिषयमा अनेक खालका अनर्गल प्रचार आएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘करका बिषयमा हाम्रा जनप्रतिनिधिलाई धेरै जानकारी नभएको हुनसक्छ अथवा हामीले कर बुझेको कर्मचारी स्थानीय तहमा पु¥याउन सकेनौ’ प्रधानमन्त्रीओलीले भने, –कतिपयले हुँदै नभएको करको बिषयमा हुँदै नभएको कुरा उछालेर पनि समस्या सृजना गरेका छन् ।’
प्रदेशका सभामुख र उपसभामुखले प्रदेश संसदले कर्मचारी अभावको समस्या, गाडीको असुविधा, भौतिक संरचनाको अभावले विभिन्न समस्या व्योहोर्नु परेको गुनासो गरेका थिए । यसैगरी अहिलेको मर्यादाक्रम पनि सच्याउनु पर्ने उनीहरुको माग छ । माग पुरा गर्न र प्रदेशलाई सवलीकरण गर्न संघीय सरकार सकारात्मक रहेको प्रधानमन्त्रीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार