‘लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान’

राष्ट्रिय सूचना दिवश

  सरलपाटी सम्वाददाता

 509 पटक हेरिएको


काठमाडौं/प्रधानमन्त्री केपीशर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन् ।
राष्ट्रिय सूचना दिवशका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताएका हुन् ।
सन्देशमा प्रधानमन्त्री ओलीले सूचनाको हकको बिषयमा कानुनी प्रक्रियाको अनुशरण गरी आफ्नो संवैधानिक हकको उपयोग गर्न सम्पूर्ण देशबासीलाई आह्वान पनि गरेका छन् । प्रधानमन्त्री ओलीले राज्यका कामकारवाहीलाई नागरिकप्रति जवाफदेही बनाउन सार्वजनिक महत्वको सूचनामा आमनागरिकको पहुँच सरल र सहज हनुपर्छ भन्ने सरकारको धारणा रहेको बताए । ‘नागरिकलाई कसैको व्यक्तिगत मामिलावा आम सरोकार नभएका विषयमा सूचनाको हक आकर्षित नहुँने कुरातर्फ समेत सजग गराउछु’ प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन् ।
सूचनाको हक प्रयोग गर्दा हरेक व्यक्तिलाई आफ्नो कर्तब्यको पनि ख्याल गर्न प्रधानमन्त्रीले स्मरण गराएका छन् । सूचनाको हक उपभोग गर्ने नाममा सामाजिक मर्यादा विपरित र वैयक्तिक वा असम्बन्धित बिषयमा सूचना माग्नु उचित नहुने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
वर्तमान सरकार पारदर्शीता, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र जवाफदेहीताको संस्कृतिमा आधारित भएर सुशासनलाई अघि बढाइरहेको प्रधानमन्त्रीओलीको भनाइ छ । ‘सुशासनलाई मजवुद बनाउँदै समृद्ध नेपाल, सुखी नेपालीको मूल ध्येयलाई साकार तुल्याउन सरकार अघि बढेको छ ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार