
इलाम/राष्ट्रिय परीक्षा बोर्डले ग्रेडबृद्दी परीक्षा दिन पाउने सम्बन्धि नियम संसोधन गरेको छ ।
नयाँ नियम अनुसार अब कुनै विद्यार्थीको एक विषयमा डी प्लस वा सो भन्दा मुनि र अरु सवै विषयमा डी प्लस भन्दा माथि अाएको भएमा त्यो डी प्लस वा सो भन्दा मुनिको एक विषयमा पुरक (ग्रेडबृद्दी) परीक्षा दिन पाउने ब्यवस्था गरिएको छ ।
त्यस्तै सवै विषयमा डी प्लस वा सो भन्दा माथि अाइ एक विषयमा मात्र डी प्लस भन्दा मुनि अाएको भएमा त्यो मुनि अाएको एक विषयको मात्र पुरक परीक्षा दिन पाउने समेत ब्यवस्था गरिएको छ ।
यस अघि कुनै एक बिषयमा डी प्लस वा सो भन्दा कम तर बाकी बिषयमा सी वा सो भन्दा बढी ल्याउने विद्यार्थीले मात्र पुरक परीक्षा दिन पाउने प्राबधान रहिआएको थियो ।
ग्रेडबृद्दि फारम भर्ने र पुरक परीक्षाको समय भने पुर्बनिर्धारित समयमा नै हुनेछ । जसअनुसार दोब्बर दस्तुर सहित १२ गतेसम्म फारम भरेर सम्बन्धित जिल्ला कार्यालयमा आउने गरि बुझाउनुपर्ने छ ।


476 पटक हेरिएको 






