
इलाम।पुशपतिनगर प्रहरीले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको कपडा बरामद गरेको छ । प्रहरीले शुक्रबार राती ९ बजे झण्डै एक लखा ३० हजार बराबरको सामग्री बरामद गरेको जनाएको छ ।
सुर्योदय नगरपालिका २ स्थित चारमाइलको जंगलबाट नेपाल तर्फ ल्याउँदै गर्दा प्रहरीलाई देखेपछि सामान छोडेर भागेको प्रहरीले जनाएको छ । वेवारिसे अवस्थामा प्रहरीले सामग्री बरामद गरेको हो ।
प्रहरीले सादा कर्ती साडी १२ थान, प्रिन्टेड सुती साडी १० थान, सल १६० थान, ब्लाउज १८० थान, टीसर्ट ५० थानलगायतका कपडाहरु मरामद गरेको जनाएको छ ।


583 पटक हेरिएको 






