इलाम। सामुदायिक विद्यालयका कर्मचारीहरुको संगठन नेपाल विद्यालय कर्मचारी परिषदले गर्दै आएको आन्दोलन स्थगित गरेको छ ।
शिक्षा तथा प्रविधि मन्त्रालयले कर्मचारीहरुको माग प्रति सकारात्मक रहेको र आगामी शिक्षा विधेयकमा कर्मचारीहरुको मागलाई सम्बोधन गर्ने र समस्या वार्ताबाटै समाधान गर्न भन्दै विज्ञप्ती जारी गर्नका साथै शिक्षक महासंघले पनि वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेकाले हाललाई आन्दोलन स्थगित गरिएको परिषदले जनाएको छ ।
परिषदले शुक्रबार एक विज्ञप्ती जारी गर्दै भदौं ३ र ४ गते गर्ने भनिएको विद्यालय बन्दको कार्यक्रमसमेत हाललाई स्थगित गरिएको जनाएको छ ।


1049 पटक हेरिएको 






