जुम्ल्याहा शिशुलाई शौचालयमा फालेर भागेकी आमा पक्राउ

  सरलपाटी सम्वाददाता

 476 पटक हेरिएको

इटहरी।जुम्ल्याहा शिशुलाई शौचालयको खाडलमा हालेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। ताप्लेजुङको पाथिभरा याङबरक(२ की कमला बिक सुनसरीको इटहरीबाट पक्राउ परेकी हुन्।
इटहरीबाट धरान जाँदै गर्दा इलाका प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको हो। डीएसपी शिवकुमार श्रेष्ठका अनुसार पक्राउ परेकी उनलाई अड्डासार गरेर ताप्लेजुङ पठाइएको छ।
जुम्ल्याहा छोरीलाई शौचालयको खाडलमा हालेर फरार भएपछि एक छोरीको शौचालयमै र अर्कीको उपचारका क्रममा मृत्यु भएको थियो।
कमला एवर्षदेखि छोरीसँगै माइत बस्दै आएकी थिइन्। स्थानीयले शौचालयबाट उद्धार गरेकी एक छोरीको बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको थियो। अर्को शव भने स्थानीयले शौचालयमै भेट्टाएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार