काठमाडौं।प्रधानमन्त्री केपीशर्मा ओलीले सहकारीहरुलाई आफ्नागतिबिधी कृषिमा केन्द्रीत गर्न आग्रह गरेका छन् ।
राष्ट्रिय सहकारी महासंघको प्रतिनिधी मण्डलसँग आज सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्रीओलीले कृषिमा देशको करिब दुई तिहाइ जनसंख्या निर्भर भएकोले यो क्षेत्रलाई आधुनिकीकरण नगरी देशमा समृद्धि हासिल नहुने बताए । “सहकारीले कृषिमाआधुनिकीकरणका लागि खेती प्रणालीलाई ठुला–ठुला प्लटमा लैजानु पर्छ ” प्रधानमन्त्रीओलीले भने, “कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोगबाट उत्पादन र उत्पादकत्व दुवै बढाउन सकिन्छ । यो कुरा सहकारीको प्राथमिकतामा हुनु पर्दछ । ”
प्रधानमन्त्रीओलीले सहकारीहरु ऋण तथा बचतमा मात्र केन्द्रीत हुुनु नुहने बताए । “सहकारीहरुले उपभोग्य वस्तु, निर्यातजन्य वस्तुको उत्पादनमा जोड दिनु पर्दछ” प्रधानमन्त्रीओलीले भने ।
किसानलाई आधुनिक खेतीतर्फ प्रोत्साहन गर्नका लागि सहकरीले सस्तो व्याजमा ऋण उपलब्ध गराउनु पर्ने र त्यसका लागि सरकारले सहकारीहरुलाई सहयोग गर्ने प्रधानमन्त्रीओलीको भनाइ छ । “वर्तमान सरकार सहकारी मैत्री छ । सहकारीले भोगेको कानुनी अफ्ठयारालाई हल गर्न सरकार तयार छ” प्रधानमन्त्रीओलीले भने “कुन ऐनले कहाँ कहाँ अफ्ठ्यारो पारेको छ । लेखेर ल्याउनुहोस । त्यसलाई सम्बोधन गर्न सरकार तयार छ ।”
सरकारले लागू गरेको प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजनालाई सफल पार्न पनि सहकारीहरुको ठूलो भूमिका हुने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्रीओलीले परियोजनामार्फत १ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा गरिने खेतीलाई सुपर जोन र ५ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा गरिने खेतीलाई जोनको रुपमा विकास गरिएको बताए । प्रधानमन्त्रीओलीले भने, “चक्लाबन्दीभएको जग्गालाई भडामा लिएर एउटै प्लट बनाएर ठुलो मात्रामा खेतीगर्ने काम सहकारीहरुले गर्नुपर्दछ । ”
महासंघका अध्यक्ष केशव वडालले प्रस्तावित सहकारी ऐनमा भएका केही प्रावधानहरु सच्याउन माग गर्दै प्रधानमन्त्रीओलीलाई ध्यान आकर्षण पत्र पेश गरेका थिए ।