पचास हजार नक्कली नेपाली रुपैयाँ सहित दुई भारतीय पक्राउ

  सरलपाटी सम्वाददाता

 1676 पटक हेरिएको


काँकरभिट्टा । झापाको काँकरभिट्टाबाट पचास हजार रुपैयाँ नक्कली नेपाली रुपैयाँ सहित दुई भारतीय पक्राउ परेका हुन् । नेपालको पूर्वीनाका काँकरभिट्टाको भन्सार गेट नजिकबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेपाली नक्कली नोटसहित भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस अग्रवाल पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार दुवै जनालाई मेचीनगर–६ स्थित भन्सार गेट अगाडिबाट पक्राउ गरिएको हो ।
प्रहरीले सतिसको साथबाट  ३३ हजार रुपैयाँ र हितेसको साथबाट  १७ हजार रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको छ । दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार