इलाम। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्ह्रान गरेको बन्दका कारण बजारहरु खुलेका छैनन् भने यातायातसमेत ठप्प छ । शैक्षिक संस्थाहरु पनि बन्द भए ।
यसअघिका बन्दहरुमा आशिंक रुपमा बजार खुल्ने, यातायात पनि आशिंक रुपमा चल्दैं आएपनि यस पटक भने पूर्ण रुपमा ठप्प हुँदा जनजीवन प्रभावित भएको छ ।
बन्दका अप्रिय घटना नभए पनि राजधानीको जमलबाट दुई जनालाई बम सहित सुरक्षाकर्मीले पक्राउ गरेको छ । बन्दको बेला झोलामा बम बोकेर हिँडिरहको बेला विप्लब नेतृत्वको कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु उषाकिरण र तारा सञ्ज्याल पक्राउ परेको सुरक्षा स्रोतले जनाएको छ ।
काठमाण्डौंको नैकाप र सुन्दरीजलमा राखिएको बम भने नेपाली सेनाले निष्कृय बनाएका छन् ।
बन्दको समयमा अप्रिय घटना नहुँन भनेर देशैभर बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ ।
विप्लव नेतृत्वको पार्टीले आफ्नो प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई प्रक्राउ गरेको विरोधमा मंगलबार बन्दको आव्ह्रान गरेको हो ।