इलाम।एकातिर समाज विस्तारै यौनप्रति खुल्दै गएको छ भने अर्कोतिर मानिसको व्यस्तता पनि बढ्दो छ । व्यवस्ताले श्रीमान श्रीमति टाढिएर बस्नेको संख्या पनि बढ्दो छ । यसले गर्दा यौन खेलौना (सेक्स टोयो) को प्रयोगकर्ता पनि बढ्दै गएका छन् । सेक्स टोयोको पसल वृद्धि हुँदै जानु र यसको व्यापार बढ्दै जानुले यसको प्रयोगकर्ता बढिरहेको देखिन्छ ।
विर्तामोड हनुमान कम्प्लेक्सको चौथो तलमा खोलिएको स्वीट स्लिप नामक सेक्स टोयोको पसलमा ग्राहकको संख्या बढ्दै गएको सञ्चालक मुक्ति शर्मा बताउँछन् । सेक्स टोयोसँगै यौन उत्तेजना बढाउने आयुर्वेदिक औषधि, यौन सम्पर्कको समय बढाउन सहयोग गर्ने कण्डम र पुनः प्रयोग गर्न सकिने कण्डमको माग धेरै रहेको उनी बताउँछन् । ग्राहकको डिमाण्ड अनुसार सामान नपाइने गरेको उनी बताउँछन् ।
सेक्स टोयो खरिद गर्न महिला र पुरुष बराबरी आउने गरेको उनी बताउँछन् । तपाईं पुरुषसँग सेक्स टोयो किन्न महिलाहरु लजाउँदैनन् भन्ने प्रश्नमा उनले भने, ‘महिला मात्र होइन, पुरुष पनि लजाउँछन् । तर, आफूले चाहेको कुरा लिएर जान्छन् ।’
सात वर्षदेखि पसल चलाइरहेका उनी यहाँको प्रयोगकर्ताले अलि सस्तो खालको सेक्स टोयो खोज्ने भएकाले पचास रुपैयाँ प्याकेटको कण्डमदेखि चार)पाँच हजारसम्मको टोयोहरु आफ्नो पसलमा रहेकोे बताउँछन् । सेक्स टोयो, विभिन्न खालका कण्डम, यौनवद्र्धक औषधि, जेल, स्प्रे, महिला र पुरुषलाई आवश्यक पर्ने कृत्रिम लिङ्ग र योनीहरु विक्री गर्न राखेका छन् । ‘डेढ लाखको सेक्स टोयो ल्याएर यहाँ बिक्दैन, उपभोक्ताको क्रयशक्ति अनुसार सस्तो खालका सामानहरु राख्ने गरेको छु’ उनी भन्छन्, ‘मासिक ३५ देखि ४० हजारसम्मको विक्री हुन्छ ।’
झापा, इलाम, पाँचथर र ताप्लेजुङ्गबाट ग्राहकहरु आउने गरेको उनी बताउँछन् । वैदेशिक रोजगारले श्रीमान श्रीमति सँगै बस्न नपाएका मात्र होइन अविवाहितहरु पनि कण्डम र सेक्स टोयो खरिद गर्न आउने गरेको उनी बताउँछन् । विशेष गरेर २२ देखि ५० वर्ष उमेर समूहका महिला पुरुष विभिन्न सामग्री र औषधि खरिद गर्न आउने गरेका छन् । यौन उत्तेजना बढाउने क्याप्सुल भने विशेष गरेर सुगरका विरामीहरुले प्रयोग गर्ने गरेको उनी बताउँछन् ।