दमकमा आगलागी हुँदा २० लाखको क्षति

  सरलपाटी सम्वाददाता

 453 पटक हेरिएको

दमक । विद्युत् सर्ट हुँदा झापाको दमकमा सोरमबा बिहान एक होटलमा आगलागी हुँदा करीब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
दमक–५ मा रहेको मुगा होटलमा आज बिहान अचानक पार्टी हलमा आगलागी हुँदा करीब २० लाख बढी मूल्यको क्षति भएको होटल सञ्चालक केदार बस्नेतले जानकारी दिनुभयो ।

आगलागीबाट हलमा भएका एसी, कुर्सी, टेबल, जिप्सनलगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको उहाँले बताउनुभयो । आगलागी प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार