पाँचथरबाट लगिएको रेडपाण्डाको छालासहित पाँच जना काठमाडौंमा पक्राउ

  सरलपाटी सम्वाददाता

 443 पटक हेरिएको

काठमाडौं । काठमाडौंको तारकेश्वर गौरीगाउँ -८ बाट रेडपाण्डाको छालासहित पाँच जना पक्राउ परेका छन् । आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जनकुमार ताम्लिङ, सन्तोष राई, मिलन गुरुङ, रमेश पौडेल र आशिक राई रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार पाँचथरको हिलिहाङ १ बाट लगिएको  रेडपाण्डाको एक थान छालासहित उनीहरुलाई पक्राउ गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार