महिला पत्रकारको लागि सुरक्षा तालिम

  सरलपाटी सम्वाददाता

 454 पटक हेरिएको


इलाम । इलाममा क्रियाशील महिला पत्रकारहरुको लागि कार्यस्थलको सुरक्षा र महिला समानता सम्बन्धि दुई दिने तालिम शुरु भएको छ । अन्तराष्ट्रिय पत्ररका महासंघ र नर्वेजियन पत्रकार युनियनको सहयोग तथा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा तालिम शुरु भएको हो ।
तालिमको उद्घाटन कार्यक्रममा सञ्चार क्षेत्रमा महिलाहरुको सहभागीता बढाउन कार्यस्थलमा सुरक्षित अनुभूति दिलाउनु पर्नेमा सहभागीले जोड दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगूले महिलाहरुलाई सहज बनाउनका लागि कार्यरत पुरुषहरुले ध्यान पु¥याउनुपर्नेमा जोड दिए । एक नम्बर प्रदेश समितिका उपाध्यक्ष सोम सुसेलीले सञ्चार माध्यममा महिलाको सहभागीता बढाउन उनीहरुलाई सुरक्षित अनुभूति गराउनुपर्नेमा बताए । प्रशिक्षक सुशीला संग्रौलाले महिला पत्रकारहरुमाथि अहिले पनि विभेद हुनगरेको बताउँदै सोचमा परिवर्तन आवश्यक रहेको औल्यइन ।
आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष राम योङहाङले उच्च मनोबलका साथ कार्यस्थलमा खटिन महिलाहरुलाई आग्रह गरे । दुई दिनसम्म चल्ने तालिममा इलामका २० जना महिला पत्रकारहरुको सहभागीता छ । तालिमको इलाम शाखाकी अध्यक्ष कोकिला ढकाल र सुशीला संग्रौलाले सहजिकरण गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार