
इलाम । संघीयताको कार्यान्वयनमा कर्मचारीहरुले असहयोग गरेको इलाममा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।
नेपाल आदिवासी जनाजाति पत्रकार महासंघ फोनिजको १९ आंै स्थापना दिवसको अवसरमा सदरमुकाममा आयोजित कार्यक्रमका सहभागीले प्रदेश सरकारको निर्णय नमानेर कर्मचारीले संघीय ब्यवस्था कार्यान्वयनमा असहयोग गरेको सहभागीको धारणा छ ।
प्रादेशीक सरकारले गरेको निर्णय कार्यान्वयनमा संघीय सरकारले समन्वयकारी भूमिका निर्वाह नगरेको समेत सहभागीको निचोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ इलाम शाखाले स्थापना दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा संघीयता कार्यान्वयनको लागि सञ्चारकर्मीहरुले अहम भूमिका निर्वाह गर्नुपर्ने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगूले जोड दिए ।
महासंघका इलाम अध्यक्ष राम योङहाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जवेगू, फेनिजका केन्द्रीय सदस्य ख्याम भुजेल, नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष सोम सुसेली, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष अभिषेक ऐक्तेन, नेपाल पत्रकार महासंघकी अध्यक्ष कोकिला ढकाल, आदिवासी जनजाति युवा महासंघका संगठन सचिव राजकुमार राई, प्रेस सेन्टरका अध्यक्ष राजेश पराजुली, फेनिजका कोषाध्यक्ष बुद्धमाया सोङमी, लगायतले धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन सहसचिव सिर्जना श्रेष्ठले गरेकी थिइन् ।


521 पटक हेरिएको 






