सहकारीको दुई करोड अपचलन गर्ने पक्राउ

  सरलपाटी सम्वाददाता

 428 पटक हेरिएको


विराटनगर । बचतकर्ताको रकम हिनामिना गरी फरार भएका सहकारीका एक जना सञ्चालक आइतबार पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–९ बाटारोडमा रहेको प्राइम बचत तथा ऋण सहकारी लिमिटेडको दुई करोड भन्दाबढी रकम अपचलन गरी लामो समयदेखि फरार मुख्य सञ्चालक एवं सहकारीका सचिव ईश्वर श्रेष्ठ पोखरामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक(डिएसपी) निशान थापाले जानकारी दिए ।
उक्त सहकारीका १३८ जना बचतकर्ताले दुई करोड २८ लाख रुपैयाँ बिगो माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएको प्रवक्ता थापाले बताए । सहकारीमा एक जना बचतकर्ता १० लाख रुपैयाँसम्म रकम जम्मा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार