सुस्ताएको धुलाबारीलाई इलामसँग जोड्छौं: मुख्यमन्त्री राई

  सरलपाटी सम्वाददाता

 695 पटक हेरिएको

झापा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले झापाको धुलाबारी बजारलाई इलामसंग जोड्नको लागि सडकमा लगानी गर्ने बताएका छन् ।
आइतबार झापाको व्यापारिक केन्द्र धुलाबारीमा आयोजित अतिथि निवासको रजत महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सुस्ताएको धुलाबारीलाई आधुनिक, समृद्ध र पुनर्जागृत गर्न इलामसँग जोड्नुपर्नेमा जोड दिए । कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले मुलुकमा राजनीतिक अस्थिरता सिर्जना गरेर द्वन्द्व मच्चाउन चाहनेहरुलाई असफल बनाइने दावी गरेका छन् ।
एउटै दलले पाँच वर्ष सरकार चलाउन पाउने गरी जनादेश प्राप्त भएको यथार्थ बिर्सेर परिवर्तन विरोधी केही तत्वले मुलुकमा भाँडभैलो मच्चाउन र मौका पाउनासाथ टाउको उठाउन खोजेको उनको आरोप छ ।
मुख्यमन्त्री राइले प्रदेश संसद्को चालू अधिवेशनबाटै प्रदेश नं १ को नाम र स्थायी राजधानी तोकिने जानकारी दिँदै सिङ्गो मुलुक र प्रदेश नं १ को पूर्वी प्रवेशद्वार मेची नगरलाई नमुना नगर बनाउने योजनामा सघाउन प्रदेश सरकार तयार रहेको बताए ।
विसं २०४८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अतिथि निवास भवनको उद्घाटन गर्नुभएको संस्थाका अध्यक्ष सुरेशकुमार अग्रवालले बताउए । सो अवसरमा २७ वर्षअघि अतिथि निवास निर्माणमा योगदान पु¥याउने २७ समाजसेवीलाई सम्मान गरिएको थियो । अतिथि सदन तीन कठ्ठा जग्गामा रहेको छ । समुदायलाई सरल मूल्यमा सभाकक्ष र आवास सुविधा उपलब्ध हुने गरी यहाँ तीन सभागृह, २१ कोठा र एक भोजनगृह छ । अतिथि निवास निर्माणमा एक करोड छ लाख खर्च भइसकेको संस्थाका उपाध्यक्ष हरि प्रसाईंले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार