विवाद मिलाउदै वडा अध्यक्ष

  याममाबोहाङ लिम्बू

 894 पटक हेरिएको


इलाम।स्थानीय सरकारको न्यायिक समिति गठन पुरा नहुँदा वडा अध्यक्ष आफैले विवाद मिलाउनु परेको इलामको देउमाई नगरपालिकाको कार्यपाललिका सदस्यहरूले बताएका छन् । उनीहरूले नगपालिकाको समन्वयमा मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको स्थानीय तहका कार्यपालिका सदस्यहरूसँग न्यायिक समितिको भूमिका र मेलमिलाप सम्बन्धी तीन दिने कार्यशाला गोष्ठी समापन समारोहमा न्यायिक समितिको गठन पुरा नहुँदा आफैले स्थानीय क्षेत्रमा हुने विवाद मिलाउँदै आएको बताए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार न्यायिक समितिको संयोजनमा तालिम प्राप्त मेलमिलापकर्ताले स्थानीय विवाद मिलाउँनु पर्नेमा समिति गठन प्रक्रिया पुरा नहुँदा वडा अध्यक्ष आफैले गाउँको विवाद मिलाउँनु परेको वडा नम्बर ९ का वडा अध्यक्ष प्रेमसागर बरालले बताए ।
उनले स्थानीयले जनप्रतिनीधिलाई विवाद मिलाउँन दबाब समेत गर्ने गरेको बताउँदै विवाद मिलाउँने विधिको समेतको व्यवस्था हुन नसकेको बताए ।
न्याय सम्पदानका आवश्यक कानुन बन्न नसक्दा जनप्रतिनिधि आफैले विवाद मिलाउँनु परेको वडा नम्बर १ का वडा अध्यक्ष माधवकुमार बस्नेतले बताए । न्याय सम्पादनका आवश्यक कानुनमा भन्दा विकासका पूर्वाधारमा जनप्रतिनीधिले बढी जोड गरेकोले कानुन बन्न नसकेको उनको बुझाई छ ।
स्थानीय सरकार सञ्चालनमा आएको दुई वर्ष लागे पनि स्थानीय क्षेत्रको उजुरीको कार्बाही किनारा गर्दा अपनाउँनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक पास नहँदा वडाध्यक्ष आफैले विवाद मिलाउँनु परेको उपप्रमुख पुष्पादेवी राईले बताइन् । उनले नागरिकको न्याय सम्पादनको विषय भन्दा पूर्वाधारको विषयले बढी प्रथामिकता पाएकोले नगरसभाले पास गर्नुपर्ने ऐन, नीति, निर्देशिका पास हुन नसकेको बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार