सरकारले दोहोरो तेहेरो कर लिदैनः प्रम ओली

  सरलपाटी सम्वाददाता

 570 पटक हेरिएको


काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताएका छन् । हालसम्म देखिएका व्यापारका असमझदारीहरु हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नेतृत्वमा एक टोलीलाई भारतीय समकक्षीसँग छलफल गर्न तत्काल पठाउन लागिएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।
उद्योग संगठन मोरङले आज प्रधानमन्त्री निवास बालुवटारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
नेपालमा हुन लागेको विमस्टेक सम्मेलनमा सहभागी हुन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यापार समस्याको बारेमा कुरा गरिने प्रधानमन्त्री ओलीले बताए । ‘विमस्टेकमा आउनुभएका राष्ट्रप्रमुखसँग सामुहिक रुपमा र व्यक्तिगत रुपमा पनि हाम्रा व्यापारका समस्या समधानका लागि हामी कुरा गर्र्छौं ।’
प्रधानमन्त्री ओलीले उद्यमी र सरकार मिले नेपालको परिचय बदल्नु पर्ने बताए ।
‘नेपाललाई आयातकर्ताबाट निर्यातकर्तामा,गरिब नेपालबाट सम्पन्न नेपालमा,पछौटेपनबाट आधुनिक नेपालमा, बेरोजगार नेपालबाट रोजगारयुक्त नेपालमा बदल्नु पर्दछ’ प्रधानमन्त्री ओलीले भन्ने, ‘नेपालको पुरानो परिचय बदल्नका लागि उद्यमी व्यवशायीले योजना ल्याउन त्यसमा सरकारको साथ सहयोग हुन्छ ।’
प्रधानमन्त्री ओलीले अहिलेको बढ्दो व्यापार घाटालाई कम गर्नु पर्ने, व्यापार सन्तुलन कायम गर्नुपर्ने र समग्र आर्थिक अवस्था परिवर्तन गर्नुपर्ने बताएका छन् । ‘हामी आर्थिक परिर्वतन त भनिरहेका छौं तर त्यो बाटो पक्रिरहेका छैनौं’ प्रधानमन्त्री ओलीले भन्, ‘सरकार र उद्यमीको संयुक्त प्रयासबाट आर्थिक परिवर्तनको बाटो तय गर्नुपर्दछ । यसमा कृषिलाई पनि जोड्नु पर्दछ ।’
प्रधानमन्त्री ओलीले नेपालीहरुमा उपभोक्तावादी चिन्तन बढेको बताए । ‘विश्वको जुनसुकै ठाउँमा निस्केको अत्याधुनिक फेसन पनि नेपालीले लगाएकै छन् । अत्याधुनिक खाना पनि खाएकै छन्’ प्रधानमन्त्री ओलीले भने, ‘तर आफ्नोमा त्यस्तो फेसन बनाउने वा खाना उत्पादन गर्नेतिर हाम्रो ध्यान छैन । व्यापार घाटा घट्ने मुख्य कारण पनि उपभोक्तावादी चिन्तन नै हो ।’
अहिलेको सरकार स्थिर भन्नाले गतिहिन नभएको प्रधानमन्त्रीले बताए । देशलाई स्थिरता चाहिएको छ । जनताले स्थिरताको अपेक्षा गरेको तर अगाडी नै नबढ्ने एकै ठाउँमा अडिरहने सरकार नचाहेको प्रधानमन्त्रीको भनाइ छ । ‘जनताले स्थिरताका लागि पनि गतिशिल सरकारको अपेक्षा गरेका थियो । त्यो पुरा भएको छ । अब यो सरकाले तिनै जनताको अपेक्षा बमोजिमका काम गर्छ ।’ प्रधानमन्त्री ओलीले भने ।
उद्योगको स्थापना र सञ्चालनका लागि सरकारले जे जति सहुलियत दिन सकिन्छ त्यसमा सरकारले कञ्जुष्याईं नगर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त गरेका छन् । सरकारले दोहोरो तेहोरो कर नलिने प्रधानमन्त्रीले बताए । व्यवसायीहरुले कर वृद्धिको बिषयमा गुनासो गरेपछि प्रधानमन्त्रीले त्यस बिषयमा आफूले थप जानकारी लिने तर दोहोरो करको व्यवस्था चाहीँ हटाइने बताए ।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले नेपालको व्यापार सन्तुलनका लागि सरकारले गर्नुपर्ने तत्कालिन र दीर्घकालिन कामका बारेमा एक कार्यपत्र प्रस्तुत गरेका थियो । कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुपष्कमल दाहाल प्रचण्डले मन्तव्य राखे । अन्तरक्रिया कार्यक्रममा मन्त्री र सचिवहरुको पनि उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार