इलाम।इलाम इलामको माइनगरपालिकास्थित दानाबारीका एक व्यक्तिलाई खोलाले बगाएर शनिबार मृत्यु भएको छ ।
माइनगरपालिका–८ बागे चौरी बस्ने ४८ बर्षीय राई कान्छा भनिने तिलकबहादुर राईलाई माइखोला तर्ने क्रममा बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले. जनाएको छ । प्रहरीका अनुसार राईको मृत्युको बारेमा जानकारी लिनका लागि प्रहरी चौकी दानाबारीबाट एक टोली समेत घटनास्थलमा पुगेको र आवश्यक कानुनी काम सुरु गरिसकेको छ । राईको शव पोष्र्टमाटमका लागि झापातर्फ पठाइएको प्रहरीले जनाएको छ ।