डा. देवी क्षेत्रीको ‘सुदूरपूर्वका नाटककार र नाटक’ विमोचन

  किरण पौड्याल

 1518 पटक हेरिएको


इलाम। इलामे लेखक डा. देवीक्षेत्री दुलालको कृति ‘सुदूरपूर्वका नाटककार र नाटक’को शुक्रबार इलाममा विमोचन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रा. माधव भँडारी र प्राज्ञ कोमल निरौँलाले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् । पुस्तकमा साविक मेची अञ्चलका चार जिल्ला (इलाम, झापा, पाँचथर र ताप्लेजुङ) र कोशीको तेह्रथुम जिल्लाको नाटकको इतिहास र लेखकहरुको चर्चा गरिएको छ । यी जिल्लाको नाटकको पृष्ठभूमिलाई डा. दुलालले प्रथम, द्वितीय र तृतीय चरणमा विभाजन गरेर लेखेका छन् ।
महेन्द्र रत्न बहुमुखी क्याम्पसका प्राध्यापक केशबहादुर राईले पुस्तकमाथि टिप्पणी गरेका थिए । प्राध्यापक राईले पुस्तकका बारेमा चर्चा गर्दै पुस्तक धेरै खोजेर लेखिएको बताए । पुस्तक आफैमा खोजमुलक भएपनि सुधार गर्नुपर्ने पक्षहरु पनि रहेको राईले बताए ।
यस्तै कार्यक्रममा साहित्यकार विमल बैद्यले पुस्तकमा धेरै बिषय भएपनि ३० को दशकयताका इलाममा भएको नाटक मञ्चनको चर्चा छुटेको बताए । कार्यक्रममा पूर्व क्याम्पस प्रमुख युद्धप्रसाद बैद्यले नाटकको इतिहास खोज्न डा. देबी क्षेत्री दुलालले सुरु गरेकोले दुलालाई धन्यबाद दिए । कार्यक्रममा प्राज्ञ कोमल निरौला, पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगू, मानव अधिकार मञ्चका भक्त थामी लगायतले शुभकामना व्यक्त गरेका थिए । चेतना नाट्य समूहको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष सुरेश पोर्तेलले गरेका थिए । कार्यक्रम सञ्चालन सचिव अन्वेष थुलुङले गरेका थिए भने स्वागत मन्तव्य मिलन खत्रीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार