नेपालीका सुखका चाहना पूरा हुन्छन् : प्रधानमन्त्री ओली

  सरलपाटी सम्वाददाता

 493 पटक हेरिएको


ललितपुर।प्रधानमन्त्री केपीशर्मा ओलीले सरकार नेपालीका सुखका चाहना पूरा गर्न प्रयासरत रहेको बताएका छन् ।
२१ औं तुल्सीलाल स्मृति दिवशको अवरसरमा विहीबार तुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीओलीले सो कुरा बताएका हुन् ।
प्राकृतिक स्रोत साधन र परम्पराले धनी भएको देशका जनता गरिब हुन नसुहाउने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सरकार हरेक क्षेत्रलाई उत्पादनसँग जोड्न चाहन्छ । उत्पादनमा आधुनिकीकरणका माध्यमबाट उत्पादकत्व वृद्धि गरी उपभोगमा पनि सामाजिक न्याय सहितको प्रवन्ध गरिन्छ ।’
समृद्धिले मात्र सुख प्राप्त नहुँने भन्दै प्रधानमन्त्रीओलीले समानअधिकार, समान अवसर, समान सुरक्षा र समान आत्मसम्मान प्राप्त भएमात्र सुख प्राप्त हुने प्रधानमन्त्रीको भनाइ छ । ‘सामाजिक न्यायलाई स्थपित गर्दै नेपालीका सुखका चाहना पूरा गरिन्छ ।’
केही–केही राजनीतिक पार्टीहरु विचारमा प्रतिष्पर्धा गर्न नसकेर अधिनायकवादको हल्लाफिंजाउँदै हिँडेको प्रधानमन्त्रीओलीको भनाइ छ । ‘यस्ताहल्लालाई जनताले तिरस्कार गर्छन्” प्रधानमन्त्रीओलीले भन्नुभयो “कतिपयले पार्टीको आन्तरिक झगडा मिलाउननसकेर सरकारको विरोधमा नेताकार्यकर्तालाई अलमलल्याएका छन् ।’
प्रधानमन्त्रीओलीले तुल्सीलाललाई वामआन्दोलनका पुराना नेताको रुपमा स्मरण गर्दै नेकपा आजको अवस्थामा आइपुग्न वहाँको महत्वपूर्ण योगदान रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार